स्थानीय तहको प्रवेश स्थलबाटै क्वारेन्टाइन
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथाम र नियन्त्रणको लागि स्थानीय तहको प्रवेश स्थलबाट सौझै क्वारेन्टाइनमा राख्ने व्यावस्था मिलाउन निर्देशन दिएको छ ।
संघीय सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले ७५३ स्थानीय तहलाई परिपत्र गदै उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो।
प्रमुख प्रशाकीय अधिकृत मार्फत कोरोना रोकथाम र नियन्त्रणका लागि उच्च सर्तकता अपनाइ आवश्यक तयारी अबस्थामा रहन निर्देशन दिइएको हो ।
नगरपालिका र गाउँपालिकामा बाहिरबाट आउने व्यक्ति प्रवेशस्थलबाटै सुरक्षा निकायको सहयोगमा क्वारेन्टाइनमा राख्ने व्यावस्था मिलाउनु पर्नेछ ।
व्यक्तिको निजीघरमा नै क्वारेन्टाइनमा बस्न सक्ने प्रर्यात आधार भएको अबस्थामा सम्बन्धित व्यक्तिको घरमा नै क्वारेन्टाइन बस्ने व्यवस्था गर्न निर्देशन गरिएको छ ।
मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जारी गरेको परिपत्रमा वडाअध्यक्ष तथा वडा समिति सदस्य, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य स्वयंसेकवलाई परिचालन गरी विदेशबाट आउने व्याक्ति विवरण संकलन गरी निगरानी राख्न निर्देशन गरिएको छ ।
कोरोनाको लक्षण देखिएमा तत्काल स्वास्थ्य सेवामा पठाउने व्यबस्था मिलाउनु, परिपत्रमा भनिएको छ,स्थानीय तह भित्र सञ्चालनमा रहेका बृद्धाश्रम, बालगृह, धर्मशाला, मन्दिर, बौधबिहार, मस्जित जस्ता सामूहिक आवामा बसोबास गर्ने व्यक्तिको अबस्थाको अनुमान गरी लगत संकलन गर्न निर्देशन गरिएको छ ।
उनीहरुको न्युनतम जीवनयापन सहज हुनेगरी आवश्यक व्याबस्था मिलाइ समन्वय र सहजिकरण गर्नु पर्ने छ ।