भारतबाट ५१ हजार आए, २४ मात्र क्वारेन्टाइनमा !

भारतबाट ५१ हजार आए, २४ मात्र क्वारेन्टाइनमा !

गौर : भारतबाट रौतहटमा ५१ हजार १ सय ५४ जना भित्रिएको तथ्यांक छ। तीमध्ये २४ जनालाई मात्र बुधबार रातिदेखि गौर र चन्द्रनिगाहपुरका क्वारेन्टाइनमा राखिएको छ। 

गौर नगरपालिका-५ स्थित नर्सिङ इन्स्टिच्युटमा १६ र चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा ८ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले बताएका छन्।

चन्द्रपुरमा ८ जनालाई निजी चन्द्रपुर अस्पतालमा लगिएको थियो। त्यहाँ साधनस्रोत नभएपछि सरकारी अस्पतालमा राखिएको हो। उनीहरूलाई चन्द्रपुर-६ स्थित क्वारेन्टाइनमा राखिने इलाका प्रशासन कार्यालयका उपसचिव चेतराज बरालले बताए।

भारतबाट आएकाहरूलाई निगरानीमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। रौतहटका गाउँबाट केरला, मुम्बई, पञ्जाब, दिल्ली, पटनालगायत स्थानमा काम गर्न जाने गर्दछन्। रौतहटका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, औरैयालगायत आठ खुला नाका छन्।

जिल्ला सुरक्षा समितिको बैठकले १८ वटै स्थानीय तहले अनिवार्य रूपमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिएको जिल्ला प्रशासनले जनाएको छ।

१४ स्थानमा शंकास्पद बिरामी राख्न तयारी गरिएको छ। गरुडामा १०, गौरस्थित नर्सिङ इन्स्टिच्युटमा ५०, गौरस्थित सिया प्यालेस होटलमा ४०, चन्द्रपुरमा ८०, दुर्गाभगवतीमा ३०, माधवनारायणमा ५०, फतुवा विजयपुरमा १५, राजपुरमा २९, परोहामा २५, बौधिमाईमा १ सय, देवाहीमा ४०, मौलापुरमा ४० जना अट्ने व्यवस्था गरिएको हो।

गौर-५ स्थित नर्सिङ इन्स्टिच्युट आसपासका बिरामी राख्ने र गढीमाई, चन्द्रपुर, गुजरा नगरपालिकाका बिरामीलाई राख्न चन्द्रनिगाहपुरस्थित एन्फाको महिला फुटबल एकेडेमीमा व्यवस्था मिलाइएको छ। शंका लागेका बिरामी राख्न जिल्लाभर ४ सय ९९ बेड तयार गर्न लागिएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.