निजी अस्पताल बन्द, सरकारीमा न्युन बिरामी

निजी अस्पताल बन्द, सरकारीमा न्युन बिरामी

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा आधा दर्जन निजी अस्पतालको कुनै पनि कक्षमा बिरामी छैनन्। आकस्मिक कक्ष खुल्ला गरिए पनि रुघाखोकी र ज्वरोका बिरामीको उपचार गर्न अप्ठ्यारो मान्छन्।

हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालमा पनि बिरामीको चाप घटेको छ। दैनिक पाँच सयभन्दा बढी बिरामी आउने गरेकोमा हाल दैनिक मुस्किलले एक सय बिरामी आउने गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए। ‘हामी मूलगेटमा आउने बित्तिाकै ज्वरो नाप्छौं, अन्य स्वास्थ्य सावधानी अपनाएर मात्र अस्पतालमा प्रवेश गराउँदै आएका छौं’, उनले भने, ‘अत्यावश्यक सेवा लिनेबाहेक सबै बिरामीलाई अहिलेको समयमा नआउन भनेका छौं।’

अस्पतालमा १ सय ८ बेड रहेकोमा २२ बेडमा मात्र बिरामी रहेको पौडेलले बताए। मौसम परिवर्तनका अस्पतालमा कारण अघिल्ला वर्षमा यो सिजनमा रुघाखोकी र ज्वरोको अत्याधिक बिरामी आएका थिए। तर यस वर्ष स्वास्थ्य सतर्कताका कारण त्यस्ता बिरामी न्युन आएको उनले बताए। अन्य निजी अस्पताल बन्द हुँदा आकस्मिक कक्षमा भने बिरामीको चाप अन्य समयमा जस्तै रहेको उनको भनाइ छ।

सरकारले निजी अस्पताललाई कुनै निर्देशन नदिएकाले बन्द जस्तै हुन पुगेको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीले बताए। ‘हामीले आकस्मिक कक्ष खुल्ला राखेका छौं, अरु बिरामी छैनन्’, उनले भने, ‘सरकारले भनेको खण्डमा हामीले सक्ने सेवा दिन तयार छौं।’ हेटौंडामा हेटौंडा सिटी अस्पताल, अर्थोपेटिक अस्पताल, सहकारी अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेका छन्।

प्रदेश सरकारले भने हेटौंडाको निजी विद्यालय, पार्टी प्यालेस र सरकारी विद्यालय भवनहरुमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणको काम अघि बढाएको छ। हेटौंडा ४ स्थित श्रमिक माविमा आइसोलेसन कक्ष निर्माणको काम बुधबारदेखि सुरु भएको छ। ‘हामीले ४० कोठे नयाँ भवन उपलब्ध गराएका छौं, आइसोलेसन निर्माणका लागि आवश्यक सामान ल्याउने काम सुरु भएको छ’, विद्यालयका पीटीए अध्यक्ष ईश्वरी कोइरालाले भने।

बागमती सरकारले श्रमिक माविको भवनले नपुगे हेटौंडा अस्पतालमा आईसोलेसन कक्ष निर्माण गर्ने जनाएको छ। ‘पहिलो चरणमा श्रमिक मावि हो, त्यसले बिरामीको चाप थेग्न सकेन भने हेटौंडा अस्पताललाई प्रयोग गर्नेछौं’, सामाजिक विकासमन्त्री युवराज दुलालले भने। आइसोलेसन कक्षमा हेटौंडा अस्पतालले स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नेछ। हेटौंडा एकेडेमीमा क्वारेन्टाइन निर्माण सकिएको दुलालले बताए।

धमाधम आईसोलेसन कक्ष निर्माण

बागमती प्रदेशका अन्य जिल्लामा पनि आईसोलेन र क्वारेन्टाइन निर्माण गरिएको छ। रसुवामा २० बेड, नुवाकोटमा १० बेड, धादिङमा २० बेड आईसोलेसन कक्ष निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। धादिङमा ८० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

चितवनको भरतपुरमा ७० बेडको आईसोलेसन, १० बेडको आईसीयु र रत्ननगरमा २० बेडको आईसोलेसन कक्ष निर्माण गरिएको दुलालले जानकारी दिए। त्यस्तै सिन्धुलीमा ५ बेड आईसोलेसन, ५० बेडको क्वारेन्टाइन, रामेछापमा ३३ बेडका आईसोलेन, ३५ बेडको क्वारेन्टाइन, दोलखाको जिरीमा २ बेडको आइसोलेन र चौतारामा १९ बेडको आईसोलेन कक्ष निर्माण गरिएको उनले बताए।

सिन्धुपाल्चोकमा ६ बेडको आईसोलेसन, काभ्रेको धुलिखेल अस्पतालमा २० बेडको आईसोलेसन कक्ष निर्माण भइरहेको छ। भत्ताmपुरमा २१ बेडको आईसोलेसन कक्ष निर्माण गरिएको छ। भक्तपुरमा ६ जना आईसोलेसन कक्षमा राखिएको र ४ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्री दुलालले बताए। स्थानीय तहहरुले पनि क्वारेन्टाइन र आईसोेलेसन कक्ष निर्माण गरिरहेका छन्। काठमाडौं र ललितपुरमा भने संघीय सरकारको व्यवस्थाअनुसार हुने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.