क्वारेन्टाइनमा बस्दा जीवित प्रणालीसँग सम्पर्क गर्न नपाउने
काठमाडौं : क्वारेन्टाइनमा राखिएका मानिसले जीवित प्रणालीसँग सम्पक गर्न नपाउने भएका छन् ।कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न जारी मापदण्डमा संक्रमणबाट लाग्न सक्ने रोगकोबाट नागरिकलाई सुरक्षित राख्न यस्तो व्यवस्था गरिएको हो।
स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिले क्वारेन्टाइनमा राखेका व्यक्तिसँग अनावश्यक भेट्न नपाउने व्यवस्था गरिएको छ । भेटघाट गर्नु परेमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेट्न पाउने छन् । क्वारेन्टाइनमा रहँदा बाहिर परिवार वा मिडियासँग अनावश्यक टिकाटिप्पणी गर्न र अफवाह फैलाउन पाउने छैनन् ।
क्वारेन्टाइनमा रहनेको खाना खाने समय खानाको समय पनि मापदणडमा तोकिएको छ । चिया,खाजा साढे ७/८ बजेसम्म, दिवा खाना ११:३०/१२:०० बजेसम्म, खाजा साढे २-३ बजेसम्म र रात्री खाना साढे ७-८ बजेसम्म तोकिएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई प्रति दिन प्रति व्यक्ति नेपाल प्रहरीलाई दिने बराबरको हुनेछ ।