मुस्ताङका पाँचवटै पालिकामा क्वारेन्टाइन

मुस्ताङका पाँचवटै पालिकामा क्वारेन्टाइन

जोमसोम : विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोभिड-१९  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मुस्ताङका ५ वटै स्थानीय तहले उच्चसजगता अपनाउन थालेका छन् ।

जिल्ला क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सिडिओ वेदप्रकास अर्यालले कोरोना नियन्त्रण गर्न जिल्लाका ५ वटै पालिकामा क्वारेन्टाइन स्थापना गर्ने कार्य भएको जानकारी दिए । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ५ वटै पालिका गरी करिब ६० बेडको क्वारेन्टाइन स्थापना भएको उनले बताए ।

क्वारेन्टाइन व्यवस्थापन संयोजक अर्यालका अनुसार थासाङ गाउँपालिका-४ को घासामा जनता आधारभूत विद्यालयमा १० बेड ,घरपझोङ गाउँपालिका-४ जोमसोमको जनहित माविमा २० बेड ,वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको कागबेनी र मुक्तिनाथमा ६ बेड , लोघेकर दामोदरकुण्ड गाउपालिका चराङको युवा क्लव भवनमा ८ बेड र लोमान्थाङ गाउपालिकाको लोमान्थाङमा वडाअध्यक्षको निजी घरमा १४ बेड क्षमताको क्वारेन्टाईन स्थापना भएको हो ।

मुलुक लक डाउन भएपछि मुस्ताङका ५ वटै पालिकामा कोरोना संक्रमण त्रास बढेको छ । स्थानीयले स्वदेश तथा विदेशबाट गाउ फर्किनेलाई सिधै गाउमा आउजाउ गर्न नपाईने भन्दै पालिकाहरुले क्वारेन्टाइन स्थापनामा जोड दिएको लोघेक दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । 

उनले यतिबेला कोरोना भाईरसको बिषम अवस्था आइपुरेकाले को आफ्नो र को अरुको नभनी नया अनुहारलाई क्वारेन्टाइनमा राख्न आवश्यक भएको उल्लेख गरे ।

लोमान्थाङमा स्वास्थ्य चौकीमा हेल्थ राखिएको छ भने लोघेक दामोदरकुण्डको सुर्खाङ,घमी र चराङ स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी सहितको आईसोलेन कक्ष राखिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । उनका अनुसार अन्य वडामा पनि स्वास्थ्य इकाई गठन भएको बताए । लोघेकरमा जिग्मे फाउन्डेसनले कोरोना नियन्त्रणका लागि पहल गरेको छ । संस्थाले अलग्गै स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराएको छ ।

लोमान्थाङ ,लोघेकर ,वारागुङ मुत्तिक्षेत्र गाउपालिकाले क्वारेन्टाईनलाई चाहिने सामाग्री स्थानीय स्तरबाटै जुटाएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए । उनले वारागुङमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको भारतीय दुताबासले बनाएको धर्मशाला र कागबेनी धर्मशालालाई क्वारेन्टाईन बनाईएको जानकारी दिए । वारागुङको क्वारेन्टाइनलाई झारकोटका स्थानीय पाल्गेन गुरुङले ईमजेन्सी ब्ल्याङ्केट उपलब्ध गराएका छन् ।

घरपझोङले पनि क्वारेन्टाइनलाई चाहिने सामाग्री खरिद गरेको स्वास्थ्य संयोजक कर्ण थकालीले बताए । क्वारेन्टाइन व्यवस्थापन गर्न नेपाली सेनाले सहयोग गरेको उनले खुलाए ।

म्याग्दी र मुस्ताङ सिमानामा लक डाउन भएपनि सोर्सफोर्सका आधारमा नया अनुहार भित्रिने गरेकाले यसमा पालिका र स्थानीयले पनि थप निगरानी गर्ने अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए । उनले नया अनुहारलाई सिधै जिल्ला पस्न नदिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.