भारतबाट आएका १६ जना क्‍वारेन्टाइनमा

भारतबाट आएका १६ जना क्‍वारेन्टाइनमा

सन्धिखर्क : भारतबाट फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रोजगारी गरी भारतबाट फर्किएका १६ जनालाई सन्धिखर्कको हटारीनेटामा निर्माण गरिएको क्वारेन्टाइन कक्षमा राखिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले बताए । 

९ जना घरमा पुगेर उपचारको लागि आएका र ७ जना घरमै पुग्न नपाएका सीमानामा अलपत्र परेका उद्धार गरी ल्याइएका गरी १६ जनालाई राखिएको उनले बताए । 

भारत-नेपाल नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले पथ्थरकोटसम्म पुर्‍याएपछि अर्घाखाँची प्रशासनले बिहीबार सन्धिखर्क ल्याएर हटारीनेटाको क्वारेन्टाइनमा राखेको हो । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

रोजगारीका लागि भारत गएका उनीहरु मंगलबार भारतको लुधियानाबाट आएका थिए । सात जनामध्ये ६ जना भुमिकास्थान नगरपालिका र एक जना सन्धिखर्क नगरपालिकाका रहेका छन् । उपचारकालागि जिल्ला अस्पतालमा उपचारकालागि  आएका ९ जनालाइ पनि क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका उनीहरु उपचारकालागि भन्दै जिल्ला अस्पतालमा आएका थिए ।रोग नफैलियोस भनेर सजगताका लागि क्वारेन्टाइमा राखिएको डाक्टर गौतमले बताए । 

शितगंगा नगरपालिकाले हाल बैदेशिक रोजगारबाट फर्किनु भएका ब्यक्तिहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । कवारेन्टाइनमा  बसे नबसेको अनुगमन गर्ने र नियम पालना नगरेको पाइएमा त्यस्ता ब्यक्तिलाई तत्काल नियन्त्रण गरी क्वारेन्टाइनमा  राख्ने निर्णय भएको उनले बताए  ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा स्वदेश तथा विदेशबाट सरकारले लकडाउन गर्नु अघि करिब २५ सय मानिस प्रवेश गरेका छन् । पाणिनी गाउँपालिकाका ८ वटा वडाले निकालेको तथ्याङ्क अनुसार गाउँमा आउँनेको संख्या करिब २५ सय रहेको छ ।

जसमा भारतबाट ३५० बिदेशबाट २८ र बुटवल  काठमाडौबाट २१ सय गरि करिब २५ सय नागरिक आएको पाणिनी गाउँपालिका अध्यक्ष अचुत गौतमले जानकारी दिए।

जिल्लाको मालारानी गाउँपालिका ४  खनमा मात्रै रोजगारीको शिलशिलामा भारतबाट ९० जना आएको खन स्वास्थ्य चौकीका इन्चार्ज भबिश्वर खनाले जानकारी दिए । जसमा ८४ जना पुरुष र ६ जना महिला रहेको वडा अध्यक्ष बिष्णु पोख्ररेलले बताए। 

सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा लकडाउन हुन अघि ३६ जना भारतबाट फर्किएका छन् । वडा कार्यलय नरपानीले संकलन गरेको तथ्यांक अनुसरा ३६ जना भारतबाट घरमा आएका रहेको वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताए। सबैलाई सुरक्षित अवस्थामा होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको वडा अध्यक्ष आचार्यले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.