'कोरोना उपचारको लागि बिएण्डसी हस्पिटल सरकारलाई दिन तयार छौं'

'कोरोना उपचारको लागि बिएण्डसी हस्पिटल सरकारलाई दिन तयार छौं'

झापा : झापाको बिएण्डसी टिचिङ अस्पताल कोरोना संक्रमितको उपचारका लागि सरकारलाई दिन तयार रहेको हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले बताएका छन् । शुक्रबार प्रसाईले प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएका हुन् । 

प्रसाईले अस्पतालसँग कोरोना भाइरस जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक किट्स र पिपिइ आफूहरुसँग नभएको बताउँदै राज्यले खर्च व्यहोरेर सञ्चालन गर्छ भने आफू दिन तयार रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

हाल उक्त हस्पिटलमा ८ सय नर्मल बेड, १ सय आइसियू,२५ वटा भेन्टिलेटर सहितको आइसियू र १०५ जना डाक्टर अनि नर्ससहित करिब ९ सय कर्मचारी कार्यरत रहेको प्रसाईले बताए । उनले शुक्रबारै जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारले मात्र उपलब्ध गराउन सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरण पीपीई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौँ । यदि सरकारले सामान उपलब्ध गराएर हस्पिटल उपयोग गर्न चाहान्छ भने हामी दिन तयार छौँ ।’ 

उनले सरकारले आफ्ना चिकित्सक सहितको कर्मचारीको टोलिलाई तलब दिएर आवश्यकता भएको दिनसम्म हस्पिटल उपयोग गर्न सक्ने उल्लेख गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.