सीडीओ भन्छन्,‘पास मागेरै हैरान बनाए’

सीडीओ भन्छन्,‘पास मागेरै हैरान बनाए’

परासी : सरकारले लकडाउन गरेसँगै सवारीसाधन आवतजावत रोकिएपछि पश्चिम नवलपरासीमा सवारी पास माग्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सवारीसाधन सञ्चालनको पास माग्न थालेपछि अहिले जिल्ला प्रशासनलाई हैरानी भएको छ । 

लकडाउनको चौथो दिनसम्म करिब ४ सय बढीले सवारी पास बनाइदिन भन्दै फोन गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । अत्यावश्यक काममा आवातजावत गर्ने कर्मचारी र संस्थाका व्यक्तिहरु बाहेक कसैलाई पनि जिल्लाबाट पास उपलब्ध नगराइएको उनले बताए । सबैभन्दा बढी जिल्लाका प्रतिष्ठित व्यक्तिहरूले नै पास मागरे हैरान बनाउने गरेको उनी बताउँछन् । 

‘जिल्लाका प्रतिष्ठित व्यक्तिले नै फोन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् । लगत्तै आफ्नो मान्छे बाहिरी जिल्लामा रहेकाले पास बनाइदिन पर्‍यो भन्छन् । सहयोगका लागि फोन गरेको हो कि पास बनाउन बुझ्नै गाह्रो भो’, प्रजिअ दाहालले भने । अधिकांश पास माग्नेमा बाहिर गएका परिवारका सदस्यलाई ल्याउनका लागि फोन गर्ने गरिएको छ । 

अत्यावश्यकका काममा  आउजाउ गर्नेबाहेक कसैको आग्रहमा पास वितरण नगरिएको उनले दाबी गरे । शुक्रबार मध्यान्हसम्म ८० जनालाई पास वितरण गरिएको छ । जसमा अदालत र सरकारी वकिल कार्यालयका कर्मचारी, मेडिकल सञ्चालक, स्थानीय तहका जनप्रतिनिधि छन् । ‘केही काजक्रियाका लागि जानु पर्ने र डाइलोसिसलगायत जटिल प्रकारका बिरामीलाई पनि पास दिएका छौं । त्यसबाहेक कसैलाई दिइएको छैन ’, प्रजिअ दाहाललले भने । अत्यावश्यकबाहेक कसैलाई पनि पास नदिइने भएकाले कसैले पनि पासका लागि अनुरोध र दबाब नदिन प्रजिअ दाहालले आग्रह गरेका छन् । 
 
३२ जना क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा ३२ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको छ । एकजनालाई आइसोलेसनमा पठाइएको छ । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । सबै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन् । जिल्लामा १ सय ८७ क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । 
 
सबैभन्दा बढी सुनवलमा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी  बर्दघाट नगरपालिकामा २ जना क्वारेन्टाइनमा छन् । प्रतापपुरमा ७, पाल्हीनन्दनमा ६ र सुस्ता गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको स्वास्थ्य प्रमुख ढकालले बताए । 

क्वारेन्टाइनमा राखिएका अधिकांश भारत र तेस्रो मुलकबाट आएका नेपाली हुन् । केही स्थानीयलाई पनि लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका एकजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा पठाइएको छ । जिल्लामा ८ आइसोलेसन निर्माण गरिए पनि प्रयाप्त सामाग्री नहुँदा उपचारमा समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.