भारतबाट पाँचथर पुगेका दुईजना आइसोलेसनमा

भारतबाट पाँचथर पुगेका दुईजना आइसोलेसनमा

फिदिम : जिल्ला अस्पताल पाँचथरमा दुई बिरामीलाई आइसोलेनमा राखिएको छ। भारतबाट घर  आएका दुईजना बिरामी भएर अस्पताल आएपछि शुक्रबारदेखि आइसोलेसनमा राखेको डा. विशाल नेपालीले जानकारी दिए। 

उनीहरुको अवस्था र स्वास्थ्य समस्याबारे भने अस्पतालले केही खुलाएको छैन। 

‘अहिले नै यस्तै हो भनेर भन्न मिल्ने अवस्था छैन,’ नेपालीले भने, ‘सबै कुरा पुष्टि भएपछि भन्नेछौँ।’ आइसोलेसनमा राखिएका उनीहरु पाँचथरकै नागरिक भएको बताइएको छ।

 
बिरामीको बारेमा चिकित्सकहरुले जानकारी दिन नमिल्ने भनेका छन्। ‘कस्ता बिरामी हुन भन्ने कुरा पुष्टि नभई बोल्न नसकिने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।  ‘पुष्टि भएपछि हामी प्रेस विज्ञप्ति जारी गरेर सबै कुरा जानकारी दिनेछौँ,’ सुवेदीले भने। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.