‘गोदावारी भिलेज रिसोर्ट र स्टाफ कलेजमा पनि क्वारेन्टाइन’
ललितपुर : सरकारले जावलाखेलमा रहेको स्टाफ कलेज र गोदावरी नगरपालिकामा रहेको गोदावरी भिलेज रिसोर्टमा पनि क्वारेन्टाइन बनाउने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यी दुबै ठाँउमा क्यारेन्टाइन बनाउन लागेको जानकारी दिए।
उनका अनुसार स्टाफ कलेजमा सय शैय्याको आइसोलेसन बनाइनेछ। त्यस्तै गोदावरी भिलेज रिसोर्टमा ४० शैय्याको आइसोलेसन बनाउने अनुमती मिलिसकेको छ।
हाल पाटन अस्पतालमा ६ शैय्या रहेको र सबैमा बिरामी भरिएको भुसालले जानकारी दिए। बज्रबाराही अस्पतालमा एक युवती आइसोलेसनमा बसिरहेको जनाए।
भुसालका अनुसार बिहीबार ‘जिल्ला कमान्ड पोस्ट’ स्थापना भएको छ। जिल्लाका सुरक्षा समिती, रेडक्रस तथा स्वास्थ्य कार्यालय प्रमुख कमान्ड पोस्टमा रहेको छन्।
उनीहरुले जिल्लाको समग्र रिपोर्टिङ केन्द्रमा गर्नेछन्। यतिबेला सबै स्थानीय तहलाई शंकास्पद बिरामीको पहिचान गर्न आदेश दिएको छ। ‘मुख्यत परदेशबाट आएकाको निगरानी राख्न स्थानीय तहलाई सुझाव दिएका छौं’, जिल्ला प्रशासनले अनुगमनलाई निरन्तरता दिएको बताउदै भने, ‘भाटभटेनी सेल्सबेरीले घरघरमा सामान पुर्याउछु भनेका छन्।’