सुनसान विश्व रंगमञ्च दिवस

सुनसान विश्व रंगमञ्च दिवस

काठमाडौं : हरेक वर्ष मनाइँदै आएको विश्व रंगमञ्च दिवस यस वर्ष कोरोना भाइरसका कारण सुनसान भयो। नेपालमा मात्रै होइन यो दिवसको उद्गमस्थल फ्रान्समा समेत कुनै कार्यक्रम गरिएनन्। सन् १९६१ देखि इन्स्टिच्युट फ्रान्सद्वारा यो दिवस मनाउन थालिएको हो। यो दिवसका दिन विश्वभर विभिन्न रंगमञ्चीय कार्यक्रम गरिँदै आएको भए पनि यो वर्ष कोरोना भाइरसले कुनै कार्यक्रम हुन दिएन।

यसैबीच ‘लकडाउन’ को गम्भीर समयलाई मध्यनजर गर्दै थिएटर मल–कीर्तिपुर र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा विश्व रंगमञ्च दिवसको अवसर पारेर शुक्रबारदेखि भर्चुअल ‘रंगमञ्च महोत्सव’ आयोजना सुरु गरेको छ।

‘कोभिड–१९ को महामारीले पैदा गरेको संकटको समयमा रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाइएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए। ‘तर यो महोत्सव ‘भर्चुअल’ हुनेछ। हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ’, उनले भने। हरेक साँझ ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल ९ बाट एउटा नाटक देखाइनेछ।

युनेस्कोले मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा सन् १९४८ मा नै गरेको हो र सन् १९६१ बाट यस दिवसले साकार रूप लिएको हो। दिवसमा गाउँदेखि सहर अनि विदेशसम्म विभिन्न कार्यक्रम आयोजना गरेर समाजका विभिन्न अवयवलाई मञ्चन गर्दै विश्व रंगमञ्च दिवस मनाउने चलन छ। यो दिवसमा समाजका विभिन्न आरोह अवरोह मञ्चन गर्ने गरिन्छ।

मुख्यतया विश्वभरका कला प्रवद्र्धन गर्न, कलाको महत्व विश्वमा थप बढाउन र नृत्य अनि अभिनयलगायतका कलाका विधालाई थप चौडा बनाउन विश्वभरि दिवस आयोजना गरिन्छ।

विश्व रंगमञ्च दिवसको संस्थागत अनुगमन र आयोजना फ्रान्सको पेरिसस्थित इन्टरनेसनल थिएटर इन्स्टिच्युटले गर्छ। सामान्यतया यो दिवसको आयोजना फ्रान्सको पेरिसकै थिएटर हलमा गरिन्छ तर यो वर्ष कोरोनाले यसलाई प्रभावित पायो।

रामलीला मञ्चनदेखि विभिन्न विदेशी र स्वदेशी नाटकसम्म, श्यामश्वेत चलचित्रदेखि थ्री डीसम्म रंगमञ्चले यात्रा तय गरेको छ। विगत केही वर्षयता नेपालमा पनि रंगमञ्चका गतिविधि बढेका भए पनि यो वर्षको दिवस भने खल्लो भएको छ। सामाजिक र राजनीतिक परिवर्तनमा नेपाली रंगमञ्चको पनि ठूलो योगदान छ। प्रजातन्त्र प्राप्तिका लागि नाट्यकर्मीले योगदान दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.