बोस्नियाबाट आएकी युवतीको रिपोर्ट 'नेगेटिभ'
ललितपुर : बोस्नियाबाट नेपाल आएकी युवतीको नोबेल कोरोना भाइरस (कभिड-१९) को रिपोर्ट नेगेटिभ देखिएको छ । १८ वर्षीय युवती गोदावरी नगरपालिकाको बज्रबाराही अस्पतालको क्यारेन्टाइनमा बुधबारदेखि बसेकी थिइन्।
स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी चैत २ गते बोस्नियाबाट नेपाल आएकी थिइन् । इटालीको नजिकैको देश भएको र संक्रमण हुनसक्ने भएकाले उनी घरमै आइसोलेसनमा बसेकी थिइन ।
बुधबारदेखि अकस्मात रुघाखोकी लागेकाले उनलाई अस्पतालमा क्वारेन्टाइनमा राखिएको गेलालले बताए। रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाउने तयारी हुँदै गरेको मेयर महर्जनले जानकारी दिए। यद्यपि उनलाई घरमा छुट्टै बस्न चिकित्सकले सुझाएको उनले बताए । कोरोनाको शंकामा कान्तिबाल अस्पताल पठाइएको बालिकाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस !
१