कञ्‍चनजंघा क्षेत्रमा ११ पर्यटक रोकिए

कञ्‍चनजंघा क्षेत्रमा ११ पर्यटक रोकिए

ताप्लेजुङ : लक डाउनका कारण कञ्चनजंघा क्षेत्र घुम्न गएका ११ जना विदेशी पर्यटक रोकिएका छन् । दुईजना घुन्सामा र 9 जना त्यहाँभन्दा माथिल्लो क्षेत्रमा रोकिएका हुन् । दुई जर्मन पर्यटक र एक नेपाली गाइड घुन्सामा तीन दिनदेखि बसिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा चेक पोष्टका कर्मचारी टासी तेञ्जिङ शेर्पाले बताए । उनीहरु आधार शिविर पुगेर फर्किएका हुन् । 

पाँचजना जापानिज, तीन जर्मन र एक फिलिपिनी नागरिक र गाइडको टोली भने घुन्साबाट चार दिनअघि आधार शिविर गएको शेर्पाको भनाइ छ । 'माथिको टोलीलाई पनि यहिँ ल्याएर राख्छौं,' शेर्पाले टोलिफोनमा भने, 'लकडाउन खुलेपछि पठाउँछौं ।'
 

यता फुङलिङ बजारमा रोकिएका दुई स्विस र एक फ्रन्सेली पर्यटक भने शनिबार काठमाडौ फर्किएका छन् । सुकेटार विमानस्थलबाट सीता एयरको जहाज चार्टर गरेर उनीहरु काठमाडौं गएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.