ग्लोब्स र मास्क कालोबजारी गर्ने पक्राउ
जनकपुरधाम : विश्वभर कोराना भाइरस संक्रमण रोक्न प्रयोग गरिने मास्क र ग्लोब्सको कालोबजारी गर्ने एकजनालाई पक्राउ गरिएको छ । धनुषाको जनकपुरधाम उप-महानगरपालिका-४ स्थित ग्लोब्स र मास्कको कालोबजारी गरिरहेको बेलामा पक्राउ गरेको छ ।
नेपाल सरकारद्वारा देशभरी जारी गरिएको 'लकडाउन'को समयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले कालोबजारी गरिरहेकै समयमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुर स्थित बजरंग जेनरल स्टोर्सका ३६ वर्षीय राजेशकुमार झा रहेका छन् ।
उनले माक्स प्रतिपिस ७५० र ग्लोब्स प्रति पोका ५०० सय मा बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए । यसअघि समेत कालोबजारी गर्ने दुई दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिदै गरेको कारोना भाइरसबाट बच्न प्रयोग गरिने मास्क र कालोबजारीमा ह्वात्तै बढेको छ ।