लकडाउनको अवज्ञा गर्दै हाटबजार सञ्‍चालन

लकडाउनको अवज्ञा गर्दै हाटबजार सञ्‍चालन

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लकडाउनको अवज्ञा भएको छ। सरकारले गरेको लकडाउनलाई प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा बढेको हो। लकडाउनको अवज्ञा गर्दै शनिबार साप्ताहिक हाटबजार लागेको छ। हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुइँचो थियो।

प्रशासनले भने तरकारी किन्नको लागि सहज बनाइएको तर हाटबजार नै लाग्न भने नदिइएको बताएको छ। 'प्रमुख चोकमा तरकारी पसल राख्दा भिड भयो भनेर नगरपालिकाले हाटबजार क्षेत्रमै व्यवस्थित गराउन भन्दै दुरी कायम गर्ने रेखासमेत कोरेको थियो। एकाएक भिड भएछ' प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने। उनले जिल्लामा लकडाउनको पूर्णपालना भएको र उल्लघंन गर्नेलाई कारबाही गर्ने दाबी गरे। रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लकडाउन कार्यान्वयनमा समस्या देखिएको बताए। 'हामीसँग प्रहरी छैनन्। सार्वजनिक सूचना निकालेर सचेत गराएका छौं। प्रहरी प्रशासनले भन्दा वास्ता गर्दैन' गुप्ताले भने 'मैले हाटबजार हटाउन भने उल्टै प्रहरीले नगर क्षेत्रमा छर्किर्दै गरेको किटनाशक औषधिको फोहोरा लगेर हान्दिनुस् भागी हाल्छन् भन्ने गैर जिम्मेवारी प्रतिक्रिया आउँछ। मैले के गरु?' नगरप्रमुख गुप्ताले गुनासो गरे। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.