अमेरिकी केही सहर हावाहुरीले अस्तव्यस्त

अमेरिकी केही सहर हावाहुरीले अस्तव्यस्त

वासिंटन : अमेरिकाको जोनेस्बोरो, अर्कान्सास लगायत ठाउँमा अत्याधिक हावाहुरीले जनजीवन अस्तव्यस्त बनाएको छ । ६ जना घाइते हुनुका साथै यहाँका घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

स्थानीय मेयर हेरोल्ड पेरिनले यसको पुष्टि गरेका हुन् । उनका अनुसार उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ । समुद्री तुफानले गर्दा वाल भत्काएको तथा घरका झ्याल फुटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

स्थानीय विमानस्थलमा खराब मौसमका कारण विमान समेत अवतरण गर्न नसेकर अन्यत्र मोडिएको छ । कोरोना भाइरसको महामारीका कारण स्थानीयलाई घरभित्रै बस्न अधिकारीहरुले आग्रह गरिरहँदा अर्को प्राकृतिक विपद आएको हो । अर्कान्सास, लोआ लगायत अन्य सहरमा पनि हावाहुरीले असर पुर्याएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.