मुस्ताङ जाँदै गरेका ७५ यात्रु सवार ३ बस पर्वतबाटै फर्काइयो

मुस्ताङ जाँदै गरेका ७५ यात्रु सवार ३ बस पर्वतबाटै फर्काइयो

जोमसोम : जिल्ला प्रशासन कार्यलय कास्कीको सिफारिसपत्रका आधारमा मुस्ताङ आउँदै गरेका ७५ यात्रुलाई जिल्ला प्रशासन कार्यालय पर्वतले कास्कीको नयापुलबाट पुन पोखरा फर्काइदिएको छ । मुस्ताङ प्रशासनको समन्वयमा पर्वतले उक्त यात्रु चढेका ३ वटा बस आइतबार पोखरा नै फर्काएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दियो ।

मुस्ताङ आउँदै गरेको बसका सबै यात्रु उपल्लो मुस्ताङका स्थानीय हुन् । कास्की प्रशासनको सिफारिस लिएर गाउँ फर्किएका उनीहरू चढेको बस फर्किएपछि विभिन्न टिकाटिप्पणी बाहिरिन थालेको छ । शनिबार मात्रै कतार एअरवेजको विमानबाट नेपाल आएकी बाग्लुङकी एक संक्रमित युवतीसँगै यात्रा गरेको भन्ने हल्लाले मुस्ताङका ५ वटै पालिकाले उच्च सर्तकता अपनाए भने स्थानीय प्रशासनले बस रोक्न पहल गर्‍यो र बस पोखरा नै फर्कियो। 

कोरोना संक्रमित उक्त युवतीलाई कोरोना भएको औपचारिक पुष्टी भएसँगै विदेशबाट मुस्ताङ आएका उक्त युवाको जानकारी हासिल तथा निगरानी गर्न मुस्ताङ प्रशासनले कास्की प्रहरीलाई खबर गरेको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयलाई विदेशबाट आएका उक्त युवा संक्रमित युवतीसँगै आएको हुनसक्ने इलाका प्रशासन कार्याल लोमान्थाङले जानकारी गराएपछि म्याग्दी र मुस्ताङको सिमाना घासामा थप निगरानी र कडाइ गरिएको थियो । सोही दिन मुस्ताङ आएका ७ जनालाई घासा क्वारेन्टाइमा राखिएको छ ।

बाग्लुङकी कोरोना सक्रमित युवती मार्च १९ मा काठमाडौं अवतरण गरेकी थिइन् । तर संक्रमित युवतीसँगै आएका भनेर प्रचारित भएका उपल्लो मुस्ताङका उक्त युवा मार्च २० मा काठमाडौं आएका हुन्। उनले आफू दुवहीबाट एअर अरेबियाको जहाजबाट मार्च २० को राति १०:२० मा अवतरण गरेको टिकटमार्फत पुष्टी गरेका छन् । उनले आफू संक्रमित युवतीभन्दा १ दिनपछिमात्र आएको अन्नपूर्णलाई जानकारी दिए ।

संक्रमित युवतीसँगै नेपाल आएको हल्ला चलाइएका युवाको जहाज टिकट । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.