उच्च ज्वरो आएपछि दुई जना कर्मचारी आइसोलेसनमा
डोल्पा : जिल्ला अस्पतालमा दुई जना आइसोलेसनमा भर्ना गरिएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखिएको हो।
उच्च ज्वरो आएको र अन्य लक्ष्यण पनि देखिएपछि दुईजनालाई अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुरेस सुनारका अनुसार विरामीको नमुना भोलि प्रदेशमा पठाउने तयारी गरिएको छ। तर विरामीको अवस्था जटिल नभएको चिकित्सकले जानकारी दिएको बताए। 'ज्वरो कम छ तर पनि अन्य लक्ष्यण शंकास्पद छन् नमुना परिक्षण नगरि कुनै पनि कुरा भन्न मिल्दैन' डाक्टर सिजन रावलले भने।
कर्मचारी र उपकरण अभावको कारण नमुना संकलन कठिन हुने उनको भनाइ रहेको छ।
प्रतिक्रिया दिनुहोस !
