एम्बुलेन्स चालक र प्रहरीलाई पीपीई

एम्बुलेन्स चालक र प्रहरीलाई पीपीई

दाङ : जिल्लाका एम्बुलेनस चालक र प्रहरीलाई पीपीई  (पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट) सहयोग गरिएको छ । चिकित्सकलाई समेत पिपिई अभाव भइरहेका बेला तुलसीपुर नगर जेसिजले एम्बुलेन्स चालक, प्रहरी र तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई ५५ थान पीपीई सहयोग गरेको हो । 

स्वास्थ्यकर्मी, प्रहरी र एम्बुलेन्स चालकहरुको व्यक्तिगत सुरक्षा होस् र नागरिकलाई सेवाप्रवाह राम्रो होस् भन्ने उद्देश्यले जेसिज सदस्यहरुको रकमबाट पीपीई  प्रदान गरिएको अध्यक्ष मोहन सुनारले बताए । 'आधारभूत सामग्रीसमेत नहुँदा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, प्रहरीलाई समस्या भएको देखेर पीपीई सहयोग गरेका हो।', अध्यक्ष सुनारले भने,सामाजिक उत्तरदायित्व बहन गरेका हौँ ।'

संकटको घडीमा सबैलै आफनो तर्फबाट भूमिका खेल्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.