लकडाउनमा 'लाइभ स्ट्रिमिङ' गर्दै विवाह

लकडाउनमा 'लाइभ स्ट्रिमिङ' गर्दै विवाह

चीन : विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि अधिकांश कार्यक्रमहरू सार्नुपरेको छ । भाइरसकै कारण थुप्रै विवाहका कार्यक्रम पनि सारिएका छन् । तर, चीनको एक जोडीले आफ्नो विवाह अविष्मरणीय बनाएका छन् । 

जोडीले सामाजिक संजालमा उपलब्ध ‘भिडियो सेयरिङ प्लेटफर्म’ को उपयोग गर्दै आफ्नो विवाह ‘लाइभ स्ट्रिमिङ’ गरेका हुन् । जुन भिडियो ३० लाखभन्दा बढीले हेरेका छन् ।

परिवार र साथीभाइ टाढा

लियू बेसायोले सुन हांझियोसँग लाखौँ वेब प्रयोगकर्ताहरूका माझमा विवाह गरेका हुन् । उनीहरूको परिवार, आफन्त तथा साथीहरू विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनीहरू ‘लाइभ स्ट्रिमिङ’ गर्ने निर्णय गरेका हुन् । 

लियोले भनेका छन् ‘कोरोना भाइरस यसरी फैलिएला भन्ने लागेको थिएन । त्यसैले हामीले विवाहको मिति हामीले सारेनौँ । अन्ततः उही समयमा गर्यौँ ।’

हेर्दा हेर्दै ट्रेन्डिङमा

लियु गणित विषयका शिक्षक हुन् । देशमा लकडाउन भए पनि उनले आफ्नो साइटमा तोकिएकै मितिमा विवाह गर्ने निर्णय गरेको कुरा उल्लेख गरेका थिए । उनका १ लाख बढी फलोअर्स छन् । उनका विद्यार्थीहरूले  विवाहको कुरा थाहा पाएपछि भिडियोमार्फत विवाह हेरेका थिए । धेरै जसो दर्शक उनका विद्यार्थी नै थिए ।

एक घण्टे वैवाहिक कार्यक्रममा दुबैजनाले परम्परागत पहिरन लगाइ एक अर्कालाई औंठी साटासाट गरेका थिए। हेर्दा हेर्दै भिडियो ट्रेन्डमा आयो। ४ दिनमा उक्त भिडियोलाई ३० लाख बढीले हेरिसकेका छन् ।  अनुवाद : इन्द्र चौधरी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.