२० मजदुरको घर जान माग

२० मजदुरको घर जान माग

ललितपुर : सबैतिर लकडाउन भएपछि महालक्ष्मी नगरपालिकाका २० जना मजदुर घर जान सकेका छैनन्। महालक्ष्मी नगर प्रमुख रामेश्वर श्रेष्ठका अनुसार उनीहरूले घर पुग्न पाउनुपर्ने माग गर्दै सोमबार नगरपालिका पुगेका थिए। विभिन्न ठाउँमा काम गर्दै आएका मजदुर आफ्नो नगरमा बस्दै आएको उनले बताए। विशेष गरी कपिलवस्तुतिरका मजदुर धेरै छन्।

इँटा भट्टा, मूर्ति बनाउनेलगायत काममा लागेका मजदुर घर जान नपाएको उनले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख भागीरथ पाण्डेयसँग छलफल भइरहेको जानकारी दिए। पाण्डेयको भनाइ उद्धृत गर्दै उनले भने, ‘लकडाउन उल्लंघन गर्न पाइन्न।’ केही समयदेखि महालक्ष्मी नगरपालिकाका इँटा भट्टामा काम गर्ने मजदुरको विषयमा सवाल उठ्दै आएको थियो। कतिपयले महामारीको समयमा पनि काममा लगाएको भन्दै आलोचना गरेका थिए।

पाण्डेयले के–कति मजदुर छन् भन्ने जानकारी नभए पनि केहीलाई आइतबार पास दिएर जान दिएको बताए। ’ बिचल्लीमा परेकालाई पास दिँदा ठाउँ–ठाउँमा रोकिएछ’, उनले भने, ‘हिजोदेखि पास रोकिसकेका छाँै।’ सबैतिर लकडाउन भइसकेकाले उल्लंघन गर्न नमिल्ने बताए। ती मजदुरका हकमा ज–जसले काम लगाउँदै आएका थिए उनीहरूले नै व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

नगरपालिकाले भने मजदुर, अपांगता भएका, एकल महिला, सुत्केरीलगायतको विवरण संकलन गरिरहेको मेयर जानकारी दिए। उनले भने, ‘सम्पूर्ण वडालाई दुई दिनभित्र विवरण पठाइसक्न निर्देशन भएको छ।’ तर, उनीहरू जहाँ बस्दै आएका छन् त्यहीँ बस्नुपर्ने र चामल, दाल, गेडागुडीलगायत राहत उपलब्ध गराउने उनले बताए। उनले भने, ‘कोरोनाका प्रभावित भन्दै राहत माग्न आउनेको भीड बढेको छ। उनीहरूको लवाइखवाइ हेर्दा प्रभावितजस्तो देखिँदैन।’ नगरपालिकाको मापदण्डमा पर्नेलाई मात्र राहत वितरण गर्ने श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.