जसलाई कोरोनाबारे थाहै छैन

जसलाई कोरोनाबारे थाहै छैन

फिदिम : कोराना (कोभिड-१९) भाइरसको संक्रमणले विश्वमा ४७ हजार भन्दा धेरैले ज्यान गुमाइसके। नौ लाख भन्दा धेरै यो भाइरबाट संक्रमति भइसकेका छन्। भाइरसको संक्रमण तिब्र रुपमा फैलिइरहेको छ। नेपाल सरकारले संक्रमण फैलन नदिन ‘लकडाउन’ घोषणा गरेपछि देश ठप्प छ।

हरेक मानिस संक्रमणबाट बच्न घरमै बसिरहेका छन्। यस्तो परिस्थितिमा कोरोनाबारे जानकारी को नहोला र ? सुन्दा अचम्म लाग्न सक्छ पाँचथरका एक मजदुर परिवारले कोरोना भाइरसबारे सुनेकासमेत छैनन्। 

फिदिम नगरपालिका-२ को कृष्णमन्दिर नजिकैबाट मेची राजमार्गलाई आधार बनाएर तालखर्कतर्फ कच्ची सडक विस्तार गरिएको छ। कच्ची सडकबाट केही समय हिँडेपछि डुम्रिबोट भन्ने स्थानमा पुगिन्छ। त्यहाँ पुगेपछि  सडकको माथिल्लो डिलमा एउटा झुप्रो छ। वरिपरी जंगल छ। जंगलको बीचमा रहेको पाखो बारीमा पुराना बोराले बारेर बनाइएको एउटा झुप्रो देखिन्छ। 

झुप्रो बाहिर फाट्न थालेका डसना र गुन्द्री सुकाएको भएर यहाँ मान्छे बस्छन् भन्ने अनुमान गर्न सकिन्छ। 

सडकबाट माथिल्लो डिलमा उक्लेर हेर्दा झुप्रोभित्र एक पुरुष टुक्रुक्क बसेर भात खाइरहेका थिए। याङनामका ५६ वर्षीया  दिलिप जबेगु विगत दुई महिनादेखि यहाँ आएर बसेका रहेछन्। ‘उपेन्द्र ढुंगानाले मलाई यहाँ बस्न दिनुभयो,’ उनले भने ‘दुईचार दिन अघिसम्म जंगलमै झुप्रो बनाएर बसेको थिए।’

केहीसमय कुराकानी गर्दै गएपछि उनले आफ्नो परिचय दिए। ‘मलाई काम भन्दा अरु केही पनि थाहा छैन,’ उनी भन्छन् ‘दिउँसोभरी ढुंगा फुटाउन माथिल्लो गाउँ जान्छु। बेलुका आएर भात खान्छु। अनि आराम गर्छु।’ उनी श्रीमतीसँग यहाँ बस्दै आएका छन्। याङनाममा काम नपाएपछि यहाँ आएर बस्न थालेको उनले बताए। ‘श्रीमती तालखर्कतर्फ काम गर्न जान्छिन्,’ उनले भने, ‘म ढुंगा फुटाउन जान्छु।’ 

कोरोनाबारे बुढाबुढीलाई नै थाहा नभएको उनले बताए। ‘घरमा रेडियो पनि छैन,’ उनी प्रतिप्रश्न गर्छन्, ‘अनि कसरी थाहा पाउने देशमा के भइरहेको छ भनेर ?’ आफूसँग काम गर्ने साथीसँग पनि कोरोनाको बारेमा कुरा नभएको उनले बताए। उनलई कोराना के हो र देशमा के भइरहेको छ भन्ने केही पनि थाहा छैन।  उनलाई देशमा लकडाउन घोषणा गरिएको पनि थाहा छैन।

तीन छोरी र तीन छोरा भएपनि उनीहरु मामलतिर बस्ने गरेको उनको भनाइ छ। ‘हामीसँग फोन पनि छैन,’ उनले थपे, ‘हामीलाई बाहिरको बारेमा केही पनि थाहा हुँदैन।’ काम गरिरहन पाए त्यसमै सन्तुष्ट हुने जवेगुको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.