१३ इन्डोनेसियन गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा
ललितपुर : थाहै नदिइ १३ जना इन्डोनेसियनलाई ल्याएर राखेको भन्दै महालक्ष्मी नगरपालिकाले गोदावरी भिलेज रिसोर्ट पठाएको छ। उनीहरुलाई बुधबार राति प्रहरीले इमाडोलस्थित मस्जिदमा पुर्याएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए।
मेयर श्रेष्ठका अनुसार उत्त मस्जिदमा पढाउने गरीनथ्यो। मान्छे ल्याएर क्वारेन्टाइन मा राख्ने जस्तो छैन। ‘हामीले उनीहरुलाई गोदावरी पठाइसकेका छौं । उनीहरु सप्तरीबाट काठमाडौं आइपुगेका थिए। बालाजुबाट प्रहरीले थाहै नदिइ त्यहा पुर्याएको श्रेष्ठको भनाइ छ।
उनीहरुलाइ गोदावरीस्थित भिलेज रिसोर्टमा लगेको पुष्टि गोदावरीका मेयर गजेन्द्र महर्जनले गरे।
गोदावरीका मेयर गजेन्द्र महर्जनका अनुसार उक्त भिलेज रिसोर्टमा कम्तीमा पचास जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ।उनीहरुको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने छ।