'सफल हुने सूत्र नै धैर्‍य'

'सफल हुने सूत्र नै धैर्‍य'

‘साउनको महिना झमझम पानी परिरहने। चलचित्र आदिम मानवको सुटिङ चलिरहेको थियो। झाडी नै झाडी भएको जंगल, जुका लाग्ने, हिँड्दा पनि बडो जोगिएर हिँड्नु पथ्र्यो। रात पर्‍यो कि बाघ कराउने, अति डर लाग्थ्यो। सुटिङ चाँडै सक्ने हतारो थियो। कलाकारहरू पनि त्रासमा हुन्थे। टेकमाथि टेक लिइरहेका हुन्थे। त्यो बेला निकै कठिन तरिकले सुटिङ सकाएका थियौं हामीले। सम्झँदा अहिले पनि मलाई डर लाग्छ। यो सुटिङ मेरो जीवनकै कठिन कार्य थियो’, नायिका तथा मोडल श्रेया दुलाल लकडाउनबाटै आफ्नो फिल्मी अनुभव बाँड्दै थिइन्।

श्रेया विगत एक दशकदेखि रंगीन संसारमा सक्रिय छिन्। कहिले भोजपुरी फिल्ममा अभिनय गर्छिन् त कहिले भूत बनेर खेल्नुपर्ने हरर फिल्ममा चिच्याइरहेकी हुन्छिन्। कहिले म्युजिक भिडियोमा नाचिरहेकी हुन्छिन् त कहिले विज्ञापनहरूमा झुल्किन्छिन्। जे होस् उनले कामलाई निरन्तरता दिइरहेकी छन्।

ललितपुर गोटीखेलमा जन्मिएकी  श्रेया हाल कलंकीमा बस्छिन्। म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी   श्रेयाले दर्जनौं गीतमा नाचिसकेकी छन्। केही नेपाली तथा भोजपुरी फिल्ममा अभिनय गरेकी छन्। उनलाई नाच्दा रमाइलो लाग्छ, काम गर्दा आनन्द लाग्छ। सानैदेखि नाच्न रहर गर्ने श्रेया टीभी हेर्न, फिल्म हेर्न अनि नाच्न मन पराउँछिन्।

रात पर्‍यो कि बाघ कराउने, अति डर लाग्थ्यो। सुटिङ चाँडै सक्ने हतारो थियो। कलाकारहरू पनि त्रासमा हुन्थे। टेकमाथि टेक लिइरहेका हुन्थे। त्यो बेला निकै कठिन तरिकाले चलचित्रको सुटिङ सकाएका थियौं हामीले।

सिसा फिल्ममा अभिनय गरेपश्चात् उनको फिल्मी यात्रा सुरु भएको हो। मनोरञ्जनको क्षेत्र भएकाले पनि आफूले सोचेजस्तो काम गर्न र पाउन सजिलो नभएको उनको बुझाइ छ। गीतामाता कलेजबाट आर्टमा प्लस टु सकाएकी  श्रेया त्यसपछि करियर बनाउन नै व्यस्त भइन्। लकडाउन अघि तक्दिर चलचित्र सुटिङको तयारीमा थिइन्। अहिले घरमै रमाइलो गरिरहेकीश्रेया कोरोना भाइरसका कारण फैलिएको महामारीमा आफैंलाई सुरक्षित राख्न लकडाउनको पालना गर्नुपर्ने धारणा राख्छिन्।

आफूले अभिनय गरेको फिल्म दर्शकसँगै बसेर हेर्न पाउँदा काम गर्दाको दुःख बिर्सने   श्रेया काममा सफल हुन धैर्य हुनुपर्नेमा विश्वास गर्छिन्। आफ्नो कामबाट अरू व्यक्ति खुसी हँुदा आफूलाई सन्तुष्टि मिल्ने श्रेया जे काम थाल्दा पनि परिपक्व भएर लाग्नुपर्ने बताउँछिन्। मान्छेको रूपरंगभन्दा पनि बानी व्यवहार र कामले उसको चर्चा हुने उनको बुझाइ छ। ‘काममा कसैसँग सम्झौता गर्नु हुँदैन। काम पाउनकै लागि जे पनि स्वीकार गर्ने बानी ठीक होइन’, उनको तर्क छ।

फिल्मी क्षेत्रमा अनेक स्वभावका मानिस भएकाले काम गर्नुअघि के काम हो ?   कस्तो टिम छ भनने कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘आफू काममा सक्षम र व्यवहारमा सचेत भए कसैले पनि गलत तरिकाले हेर्न सक्दैन’, उनले भनिन्। प्रेम सम्बन्धका बारेमा खासै खुलेर जवाफ नदिएकी   श्रेया आफूलाई सिंगल बताउँछिन्। भावी जीवनसाथीको यस्तो नै होस् भन्ने कल्पना नगरेकी उनलाई आफ्नो कामलाई बुझ्ने होस् भन्ने चाँही लाग्छ। मोडलिङ र अभिनय जीवनशैलीभन्दा पनि काम भएकाले यसले उनलाई सन्तुष्टि र खुसी दिन्छ।

संगीत सुन्दा, नाच्दा र अभिनय गर्दा आफूलाई कन्फर्ट महसुस गर्ने उनी कामले आफूलाई जिम्मेवार बनाउने बताउँछिन्। नसक्ने र असम्भव सपना नदेख्ने स्वभावकी   श्रेया दर्शक, श्रोताको अनगिन्ती माया पाउन सफल भएकोमा मक्ख छिन्। आफूले सोचेका काम गर्न पाइरहेको बताउँदै परिवारको सहयोगले मात्रै यो सम्भव भएको उनको बुझाइ छ। उनलाई अझ धेरै फिल्ममा काम गर्नु छ, अझ बढी म्युजिक भिडियोमा नाचिरहनु छ। काम गरेर पुगेकै छैन। भन्छिन्, ‘काम गर्ने रहरको अनि भोक जागिरहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.