कोरोना जितेका मोक्तान भन्छन्, - मर्छुजस्तो लागेको थियो, तर, जिते

कोरोना जितेका मोक्तान भन्छन्, - मर्छुजस्तो लागेको थियो, तर, जिते

अमेरिका : कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणका कारण अमेरिका यतिबेला इपिसेन्टर बनेको छ । अमेरिका रहेका नेपालीमा संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकाको न्यूयोर्कमा बस्ने एकजना नेपालीले ज्यान गुमाउनु परेको छ, भने दर्जनौंले अस्पतालमा बसेर उपचार गरारहेको बुझिएको छ।

नेपालीले सूचना गोप्य राख्ने गरेका कारण पनि यकिन तथ्याङक प्राप्त हुन सकेको छैन् । अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्क हो। जहाँ नेपालीको बसोबास पनि बाक्लो छ । महंगो सहर भएकाले नेपाली एउटै अपार्टमेन्टमा मिलेर बस्ने गर्दछन् । नेपाली कोठा शेयर गरेर बस्ने भएकाले पनि संक्रमित हुनेहरुको संख्या बढ्दै गएको हुनसक्ने स्थानीय अगुवाहरु बताउँछन् । 

यस विषम परिस्थितिमा बिरामी भई सकसपूर्ण जीवन बाँचिरहेका नेपालीलाई सहयोग गर्नका लागि स्थानीय अभियान्ताले सहयोगका कार्यक्रम समेत चलाइरहेका छन् । उनीहरुले बिरामी तथा असक्तहरुका लागि औषधि तथा अन्य जरुरी सामग्रीहरु घरघरमा पुर्‍याइरहेका छन्।

सिटामोल र थर्मोमिटरको अभाव भएको गुनासो अमेरिकामा बस्ने नेपालीले सामाजिक सञ्जालमा समेत लेखेका छन् । हालै कोरोना भाइरसबाट सक्रिमित भएका स्थानीय भिडियोग्राफर शम्भु मोक्क्तान निको भएका छन् । मोक्क्तानले आफू संक्रमित भएको र आफू निकट आएकालाई चेकजाँच गराउन आग्रह गर्दै सामाजिक सञ्जालमै आग्रह गरेका छन्।
। हामीसँग टेलिफोनमा कुराकानी गर्दा मोक्क्तानले अझै आफूलाई श्वासप्रश्वासमा केही समस्या रहेको सुनाएका थिए । हालै अस्पतालमा १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किका मोक्क्तानसँग अन्नपूर्ण पोस्ट्का अमेरिका प्रतिनिधि अनिल अधिकारीले गरेको कुराकानीको सम्पादित अंश। 

सुरुको अनुभव कस्तो रह्यो ?

कोरोनाको भाइरसले विश्व आक्रान्त हुँदा मेरो मनमा पनि पिरलो थपिएको थियो। कहिँ यो रोग लाग्ने त होइन भनेर । सुरुका दिनमा म आफ्नो व्यवसाय र आफ्ना काममा व्यस्त थिएँ । जबजब संक्रमण न्यूयोर्कमा फैलिँदै गयो त्यसपछि म पनि अन्य मानिसजस्तै सचेत थिएँ । यसबाट जोगिन। तर, के हुन्छ भन्ने डर मनमा थियो, त्यही भयो । सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए। कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्तिअनुसार फरक पर्ने रहेछ । 

चिकित्सकले भनेअनुसारका लक्षण नदेखिएकाले मैले टाइननोल, पेन किलर जस्ता औषधि खाएर आठ नौं दिन बिताएँ । तर मलाई निको भएन । विस्तारै बरु श्वासप्रश्वासमा समस्या आयो । जब श्वासप्रश्वासमा समस्या थपिँदै गयो त्यसपछि मैले अस्पताल जाने निर्णय गरेँ ।रुघाखोकी लाग्दैमा र जीउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला। तर श्वासप्रश्वासमा समस्या हुन थाल्यो भने चाँही ढिलो गर्न नहुने रहेछ । 

अस्पताल पुगेपछि के भयो?

अस्पताल पुग्ने वित्तिकै मलाई परिवारका अन्य सदस्य बिरामी भए नभएको बारे सोधिएको थियो । समयमै चिकित्सक र नर्सहरु आउने गरेको मैले पाएँ । सुरुमा मलाई नाकमा स्वाब हालेर चेक गरियो । चिकित्सकले दुईदिनमै रिपोर्ट आउने बताएका थिए । सुरुमा डाक्टरले परीक्षणका लागि स्वाबको नमुना लिएपछि घर जान सक्ने बताएका थिए । उनीहरुले परीक्षणको नतिजा फोन, इमेल वा टेक्सबाट बताउने उल्लेख गरेका थिए । तर एकैछिनमा अरु परीक्षण पनि गरेपछि मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने भनेर जानकारी गराइयो । त्यसदिन साँझपख मलाई श्वासप्रश्वासमा अझै मुस्किल भयो । त्यसपछि मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो । शरीर दुखेको बेला पेनिकिलर दिइयो भने भिटामिन सी लगायतका भिटामिन पनि दिइयो । दुईदिनपछि चिकित्सकले भने, 'सरी मिस्टर शम्भु, तिमीमा कोरोना भाइरस पोजेटिभ छ ।'

सूचना लुकाउनु हुँदैन् ।

अहिले अमेरिकामा कति बिरामी छन्, भन्ने कसैलाई पनि जानकारी छैन् । नेपालीले सूचना लुकाउने गरेको देखिन्छ । तर मैले चाहीँ अस्पताल पुगेकै बेला मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गरेँ । कोरोना संक्रमण भएर अस्पतालमा बसेको मान्छेलाई शतप्रतिशत बाँच्ने आशा नहुने रहेछ । मलाई पनि सुरु सुरुमा ४० प्रतिशत त मर्छु जस्तो नै लागेको थियो । अस्पतालमा भर्ना भएको पाँचौ दिनमा चिकित्सकले 'तिमी खतरा मुक्त भयौं, यो भनेपछि मेरो सास भरिएर आयो । सबै रिपोर्ट हेर्दा तिमी यहाँ बस्नुभन्दा घरमा आराम गरेको राम्रो हुनेछ, तिमी डिस्चार्ज हुनुपर्छ । यसो भन्दा असाध्यै खुसी भएँ।'
 
चिकित्सकको सुझाब ?

चिकित्सकले मलाई घरमा गएर आराम गर्न सुझाए । मैले डिस्चार्ज भएर घर गइसकेपछि मेरो परिवारका सदस्यलाई मबाट खतरा हुन्छ कि भनेर जिज्ञासा राखेंको थिएँ । चिकित्सकले मलाई १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । चिकित्सकले घरमा बस्दा मास्क लगाएर बस्न, खोक्दा मुख छोपेर खोक्न, अलग्गै बाथरुम, कपडाहरु प्रयोग गर्न सुझाव दिए । १४ दिनभित्र परिवारका सदस्यमा कसैलाई केही लक्षण नदेखिएमा परिवार सुरक्षित छ भनेर सोच्नु भनेका थिए । 

कोरोनाबाट कसरी बच्ने ?

सबै नेपाली दाजुभाई दिदीबहिनीहरु अहिले घरभित्रै बसिरहनुभएको छ । कोरोनाबाट सुरक्षित रहनका लागि सबैजना घरमै रहनु होला । तपाईहरु साधारण बिरामी भएमा नआत्तिनुहोला । अहिले बिरामी धेरै भएकाले अस्पताल ओभरफ्लो भएको अवस्था छ । त्यसैले अहिले साधारण अवस्थामा अस्पताल नजानुहोला ।मेरो अनुभवले भन्छु- यदी तपाईहरुलाई श्वासप्रश्वासमा समस्या आएमा कोरोना नै हो भन्न सकिन्छ । यदी त्यस्तो अवस्था आएमा तत्कालै जतिसक्दो छिटो अस्पताल जानुहोला । नआतिऔं, नअत्याऔं । कोरोनाका कारण बिरामी हुनभएका सम्पूर्णमा सीघ्र स्वास्थ्य लाभको कामना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.