रकम अभावमा नाबालकसहित दम्पती जेल बस्न बाध्य

रकम अभावमा नाबालकसहित दम्पती जेल बस्न बाध्य

परासी : रकम तिर्न नसक्दा कारागार कार्यालय पश्चिम नवलपरासीमा बन्दी जीवन बिताइ रहेका दम्पत्ती जेल मुक्त हुन पाएनन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले एक वर्षभन्दा कम कैद सजाय सुनाइएका बन्दीलाई निवेदन दिएका आधारमा कैद छुट दिने निर्णय गरेको थियो । कैद सजाय छुटका लागि कारागार कार्यालयमा ९ जनाले निवेदन दिएका थिए । जसमध्ये बिहीबार ३ जना बन्दी छुटेको कारागारका जेलर गगन बहादुर बस्नेतले जानकारी दिए । 

सजाय छुट पाउनेमा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-२ का प्रमोद अमात्य, रुपन्देही देवदह नगरपालिका-७ का तारा प्रसाद पाण्डे र रुपन्देहीकै मालती राजभर छन् । उनीहरु सबैले लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । तोकिएको सजायमध्ये बाँकी कैदको दैनिक ३ सयका दरले रकम बुझाएपछि बन्दीले छुट पाउने प्रावधान छ । उक्त रकम बुझाएपछि कारागार मुक्त गरिएको जेलर बस्नेतले जानकारी दिए ।

रकम अभावका कारण कैद छुट भएपनि दुईजना दम्पत्ती भने कारागार मुक्त हुन पाएका छैनन् । मुक्त हुन नपाएका दम्पत्तीमा पश्चिम नवलपरासी सुनवल नगरपालिका-८ राम बहादुर दर्जी र शान्ती परियार छन् । उनीहरुलाई बहुविवाह मुद्दामा सजाय तोकिएको हो । उनीहरुको ७ महिनाअघि जेलभित्रै छोरा जन्मेका थियो। अदालतले बाँकी कैदको दैनिक ३ सयका दरले रकम दाखिला गरी कारागार मुक्त गर्नु भन्ने आदेश आएको छ । तर दम्पत्तीले रकम नभएको बताएपछि उनीहरु छोरासहित कारागारमै रहेको जेलर बस्नेतले भने । अदालतले  दम्पत्तीलाई कैद सजायबापत ४०/४० हजारका दरले रकम दाखिला गर्न भनेको छ ।   

त्यस्तै कैद सजाय छुटका लागि निवेदन दिएकामा ४ जना नेपाली सेनाका छन् । उनीहरुको निवदेन माग गरेर नेपाली सेना कहाँ पठाइएको बस्नेतले बताए । उनीहरु माथि सेनाले भगौडा अभियोगमा सजाय सुनाएर कारागार पठाएको थियो । 

मुलुकी अपराध कार्यविधि संहिताको १५५ महलमा १ वर्ष कम सजाय सुनाएकाले निवदेन दिएका आधारमा बाँकी सजाय छुट दिन सक्ने प्रावधान छ ।विगतका दिनमा यो प्रावधान कमै लागु हुने गरेको थियो । अहिले सरकारले प्राथमिकतामा राखेर निर्णय गरेकाले बन्दीहरु छुट्न थालेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.