लकडाउनमा सवारी चालकको यात्रा अनुभव : प्रहरीको अभद्र व्यवहारले बेकारमा आएजस्तो लाग्यो

लकडाउनमा सवारी चालकको यात्रा अनुभव : प्रहरीको अभद्र व्यवहारले बेकारमा आएजस्तो लाग्यो

भैरहवा : लुम्बिनीबाट पर्यटकको उद्दार गरी काठमाडौं पुरयाउने सवारी चालकले भने धेरै दुःख खेप्नु परेको बताएका छन्।  पर्यटकलाई काठमाडौं लैजानका लागि प्रशासनले अनुमतिपत्र दिएपनि सवारी चालक र पर्यटकलाई प्रहरीले बाटोभरी दुःख दिएको चालकले गुनासो पोखे ।

लकडाउनका बेला कमाइ भन्दा पनि मानवीय नाताले पर्यटकको उद्दार गर्न भैरहवाबाट काठमाडौं जान तयार भएका थिए सवारी चालक अजय चौधरी । रुपन्देहीको मायादेवी गाउँपालिका ८ सोनारेतका चालक चौधरी बिहीबार बिहानै गाडीको सिसामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिएको अनमुति पत्र टाँस गरे पर्यटक लिन भैरहवाबाट लुम्बिनी पुगे । त्यहाँबाट पर्यटकलाई लिएर काठमाडौं लागि हिँडे । एकाबिहानै बाटोमा खासै प्रहरी देखिएनन् तर, बिहान करिब आठ बजे मुग्लिङ पुगेका उनलाई त्यहाँ ट्राफिक प्रहरीले रोके । केरकार गरे । जान पाइँदैन पनि भने ।

'विदेशी पर्यटकलाई काठमाडौं छोडन जान लागेको अनुमतिपत्र देखाउँदा पनि प्रहरीले मानेनन्' चालक चौधरीले भने, 'केही समय रोकेर केरकार गर्दै दुःख दिए, त्यसपछि केही नभनी छाडिदिए ।'

थानकोट पुग्दा फेरी त्यहाँका प्रहरीले रोके । त्यहाँ पनि फेरी केही बेरसम्म रोके । त्यहाँबाट जान दिएनन् । केरकार गरे । 'बुधबार जारी भएको अनुमतिपत्रमा बिहीबार किन हिँडेको ? यहीबाट फिर्ता जा भन्न थाले,' आफ्नो अनुभव सुनाउँदै उनले भने, 'अनुमतिपत्र नक्‍कली हो समेत भन्न भ्याए। पछि सम्झाई बुझाई गरी बुधबार बेलुका बनेको अनुमतिपत्र हो भने पछि बल्ल बल्ल जान दिए ।'

'बाटोभरी प्रहरीको अभद्र व्यवहारले बेकारमा आए जस्तो लागेको थियो,' उनले सुनाए, 'काउन्सलर कार्यालय पत्र त्यसमाथि जिल्ला प्रशासन कार्यालद्धारा अनुमतिपत्र सहितको छाप हुँदा पनि धेरै दुख पाइयो ।'

उनले थपे- 'त्यो पर्यटकले के सोचे होलान ? जसले आफू विदेशी भएको भिसासहितको पासपोर्ट बाटो भरी फिजाउँदै हिँड्नु पर्यो ।'

उनले काठमाडौंबाट फिर्ता आउँदा खासै समस्या नभएको बताए । धादिङबाट पोसाकमा रहेका प्रहरीले नारयणघाट छाड्न आग्रह गरे । प्रहरीलाई बसालेर आउँदा गाडी कतै रोक्नु परेन । सोधपुछ, चेकजाँच केही भएन । त्यहाँसम्म आउँदा कुनै समस्या परेन । 'गाडीमा प्रहरी नबसेको सायद फर्किने क्रममा झन धेरै दुःख पाउन्थ्यो होला ?,' उनले भने ।
तर, नारायाणघाट प्रहरी झरेपछि दिउँसो ३ बजे आफू भुमही पुग्दा त्यहाँ ट्राफिक प्रहरीले रोके ।

'प्रहरीले हिजोको पत्रमा आज किन हिँडेको ? यो फोटो कपी हो, सक्कल खोइ ? यहीबाट काठमाडौं फिर्ता जा भन्दै गाडी अगाडि बढ्न दिएनन्, उनले भने, 'उनीहरुलाई सम्झाउन धेरै दुःख भयो, तर जसतसो सम्झाई बुझाई गरेर त्यहाँबाट घर आए ।'

'अनुमतिपत्रसहित विदेशी पर्यटक लिएर जाँदा त यती दुःख झेल्नु पर्र्यो,' उनले आफ्नो यात्रा अनुभव सुनाउँदै भने, 'नेपाली लिएर गएको भए त बाटोमै अलपत्र परिने रहेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.