नमुना संकलन गर्ने व्यवस्था छैन

नमुना संकलन गर्ने व्यवस्था छैन

जाजरकोट : जिल्लामा कोरोना भाइरस लागेको शंकास्पद व्यक्तिको नमुना संकलन गर्ने र नमुना पठाउने व्यवस्था हुन सकेको छैन। कोरोनाको लक्षण देखिएका, विदेशबाट आएका र संक्रमितको सम्पर्कमा पुगेकाको नमुना संकलन (स्वाब) गरी राष्ट्रिय प्रयोगशाला वा प्रदेश स्तरीय प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था छ।

जाजरकोटमा भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) नहुँदा बिरामीको नमुना संकलन गर्न र पठाउन सक्ने अवस्था नरहेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अमिन शाहले बताए। ‘भीटीएममा संकलन गरिएको स्वाबलाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन (२ देखी ८ डिग्री सेल्सियस) गरी कोरोना परीक्षण प्रयोगशालामा पठाउनु पर्छ। तर, हामीसँग भीटीएम र तापक्रम मेन्टेन गर्ने साधन नहुँदा नमुना संकलन गरी पठाउन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘शंस्कास्पद बिरामी आएमा स्वास्थ्य सेवा निर्देशनालयमा खबर गर्नेबाहेक विकल्प छैन।’

उनकाअनुसार निर्देशनालयमा खबर गरे पनि बिरामी उतै पठाउँदा संक्रमित भए झन् जोखिम बढ्ने देखिन्छ। सुर्खेतबाट नमुना लिन स्वास्थ्यकर्मीको टोली जाजरकोट आउने सम्भावना पनि निकै कम छ। यस्तो अवस्थामा काम गर्न समस्या भएको उनको भनाइ छ। ‘दरबन्दीअनुसारका स्वास्थ्यकर्मी पनि छैनन्। करारका स्वास्थ्यकर्मीको भरमा अस्पताल चलिरहेको छ,’ उनले भने, ‘भारतलगायतका अन्य देश र सहरी क्षेत्रबाट जिल्लामा केही दिनअघि मानिसहरू भित्रिएका छन्। उनीहरूबाटै संक्रमण फैलन सक्छ। संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पूर्वतयारी पनि छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.