सुरक्षा समितिले तोक्यो खाद्यान्न र तरकारी पसल खोल्ने समय

सुरक्षा समितिले तोक्यो खाद्यान्न र तरकारी पसल खोल्ने समय

परासी : बजार क्षेत्रमा भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए । 

यसअघि चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोल्न दिएको थियो । अब उनीहरुका लागि निश्चिम समय सीमा तोकिएको छ । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यन्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म  तोकिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 

क्रमशः यो समय तालिका अन्य बजार क्षेत्र र स्थानीय तहमा लागु गरिने छ । औषधि पसलहरु भने चौबिसै घण्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।  तरकारी र खाद्यन्न खरिद गर्ने बहानामा साँझपख भिडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।  

यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाई बुझाई छाडिएपनि अब भने पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । सरकारले लकडाउनलाई कडाईगर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहको आवतजावतलाई रोक गरेसँगै जिल्ला सुरक्षा समितिले जिल्लाको लकडाउनलाई कडाई गर्दै लगेको हो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.