लकडाउनले नगद अभाव

लकडाउनले नगद अभाव

दोलखा : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको १३औं दिन पुगेको छ। लकडाउनका कारण दोलखाका मुख्य बजारका नागरिकलाई अत्यावश्यक सामग्री किनमेल गर्न नगदको अभाव हुन थालेको छ।

बैंकहरुले छिटपुट मात्र सेवा दिइरहेका छन् भने सहकारीहरुले कारोबार बन्दगरेका छन् । सदरमुकाम चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, मागादेउराली लगायतका बजारमा नगद अभाव हुन थालेको स्थानीयहरुले बताएका छन् । नागरिकले घरमा सीमित मात्र नगद राखेको र लकडाउनको अवधि थपिएसँगै दैनिक उपभोग्य सामग्री खरिदका लागि नगद अभाव भएको स्थानीयको गुनासो छ।

‘अत्यावश्यक सामग्रीको बजार पनि खुल्ला छ, सामान पनि पाइन्छ, उधारो माग्न सबैको समस्या उहि हो।’ स्थानीय शिक्षिका उर्वशी श्रेष्ठले भनिन् । कतिपय बैंकको एटीएम त खुला छ तर सेवा नलिएकालाई चेक सहटी गर्न बैंक बन्द भएर गुजारा चलाउनै समस्या भएको उनको भनाइ छ । जिल्लाका करिब एकहजार मजदुर दोलखामा अलपत्र हुँदा समेत चेक साट्न बैंक नखुलेकोले कामदारलाई भुक्तानी दिन समस्या भएकोले एक निर्माण व्यवसायीले बताए । कुन बैंकले कतिबेला सेवा दिन्छन् भन्ने कुराका सूचना नपाउँदा समस्या झन बढ्दै गएको ती व्यवसायीको गुनासो छ। 

जिल्लाका ९ ओटा स्थानीय तहमा रहेका बैंकहरुले चेक सटहीको सुविधा दिन सकेका छैनन् । ‘खातामा पैसा छ, हातमा चेक, कहाँ साट्ने’ भीमेश्वर नगरपालिका–३, का मुरारी दुलालले प्रश्न गरे। 

राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखाका प्रवन्धक निरोज श्रेष्ठले आकष्मिक खर्च प्रयोजनका लागि बैंकको सेवा खुला रहेको बताए । लकडाउनका कारण भीडभाड नहोस् भनेर निश्चित समयभित्र सेवा दिन बैंकहरुलाई निर्देशन दिइएको उनले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने, ‘बैंक खोल्ने समयावधि बढाउन पहल गर्छु ।’ जिल्लास्थित डेढदर्जन भन्दा बढि बैंक र करिब २ सय सहकारीहरुले कारोबार बन्द गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.