अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

अमेरिका : अमेरिकाको न्यूयोर्कमा शनिबार चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एकको कोरोना संक्रमण पुष्टि भएको छ। भने घरभित्रै मृत फेला परेका अन्य दुईको पोष्टमार्टम रिर्पोट आएको छैन्। 

यस्तै शनिबारनै एकजना नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। मृतक चारजना न्यूयोर्क ज्याक्सन हाइट क्षेत्रमा बसोबास गर्ने नेपाली हुन्। यसरी मृत्यु हुनेमध्ये नेपालमा सोलुखुम्बु घर भएका ४४ वर्षीय निमा टेम्बा शेर्पाको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको स्थानीय समाजसेवी जाङबु शेर्पाले जानकारी दिए। 

शेर्पा कोरोना भाइरसका कारण थप बिरामी परेर उपचारका लागि सातादिन अघि अस्पताल भर्ना भएका थिए। न्यूयोर्कको ज्याशन हाइट क्षेत्रमा बस्ने शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्। केहीदिन अघि न्यूयोर्कमै एक गैरआवासीय नेपाली अनिल लिम्बुको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो। 

यस्तै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बस्दै आएका अन्य दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन्। नेपालमा मुस्ताङ जिल्ला घर भएका अन्दाजी ४० वर्षीय दुई नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्वअध्यक्ष मिङमार लामाले जानकारी दिए। 

न्युयोर्कको क्विन्सस्थित जमाइका बस्दै आएका सोनाम लामा र क्विन्स सन्नी साइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको हो। केही दिनदेखी बिरामी रहेका उनी करिव ४० वर्षका  सोनामको कोठाभित्रै मृत्यु भएको जनाइएको छ। 

लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए। उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्। 

१८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ। उनको शव केही दिन अघिनै प्रहरीले लगेर गएको रउनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त भएको छैन्। 

यसैगरी करिव १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमै मृत्यु भएको जनाइएको छ। सुरुमा टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचारका लागि लगिएको र केहीदिन घरमै आराम गर्न भनिएको थियो। 

थोक्मेका एक श्रीमती र दुई छोरा काठमाठौमा बस्दै आएका छन्। स्थानीय समाजसेवी राजकुमार विष्टले समाजिक सञ्जालमा लेखेका छन्, ‘थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो।’ मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ।

अर्का एक नेपालीको हृदयघातका कारण मृत्यु

शनिबार नै न्यूयोर्क निवासी अजयमान छोंचुँको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ। नेवानख न्यूयोर्कका अनुसार अस्पतालले हृदयघातका कारण उपचारत छोंचुँको शनिबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो। 

ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। छोंचुँको निधनप्रति नेवानख न्यूयोर्क लगायतका संघ संस्थाले दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

दुईसाता अघि परीक्षण गर्दा छोंचुँकी श्रीमतीमा कोरोना नेगेटिभ देखिएको थियो। अस्पतालले शव जलाउने निजी कम्पनी बुक गरेपछि जानकारी दिन भनेको छ। अस्पतालले यसरी फनरल होम (शव जलाउने घर) बुक गरेपछि खबर गर्न भनेपछि दाहसंस्कारमा समुदायका अन्यव्यक्ति समावेश गर्ने नगर्ने बारे परिवार अन्यौलमा छ। छोंचुँ श्रीमती र परिवार सहितन् यूयोर्कको क्विन्सस्थित ग्रयाण्ड एभिन्यूमा बस्दै आएका थिए। (अपडेट) 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.