मेची भन्सारमा कडाइ

मेची भन्सारमा कडाइ

झापा : कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तरकारी, खाद्यान्न र फलपूmलका मालबाहक सवारीसाधन केही समय नेपाल प्रवेश गर्न रोक लगाइने भएको छ।

मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख युवराज विश्वकर्माका अनुसार स्थानीयको चर्काे विरोधपछि आइतबादेखि निश्चित अत्यावश्यक सवारीबाहेक अन्य मालबाहक साधन रोकिने भएको हो।

भारतबाट दैनिक रुपमा नेपाल आउने सवारीसाधन त्यसका चालक र अन्य कर्मचारीमार्फत कोरोना भाइरस प्रवेश गर्ने खतरा बढेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। विश्वकर्माले भने, ‘इन्धन र स्वास्थ्य सामग्री बोकेका गाडीलाई पनि विशेष ्सर्तकता अपनाएर औषधि छर्केर मात्र नेपाल भित्र्याउने सहमति भएको छ।’

मेची भन्सार कार्यालयमा आइतबार बिहान सम्पन्न सर्वपक्षीय छलफलबाट भारतीय गाडी रोक्ने सहमति भएको थियो। केही समयलाई अन्य खाद्यान्न र तरकारीका गाडी पनि रोकिनेछन्। ‘व्यापारीले नेपालमा तरकारी भित्र्याउँदा भारतको सिलिगुडी लगायतका स्थानबाट ल्याउने गरेका छन्’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘जहाँ कोरोना संक्रमित देखिइसकेको हुनाले नेपाललाई झन खतरा हुने भएकाले पनि तरकारी र फलपूmलका गाडीलाई रोकिएको हो।’

भन्सार बाट लकडाउन सुरु भएयता ३ करोड मूल्यको तरकारी र फलपूmल आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ।

आइतबार भएको छलफलमा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा गरिएको छलफलबाट आइतबारदेखि नै भारतीय सवारीसाधनलाई नेपाल प्रवेश रोक लगाउने सहमति भएको छ।

छलफलमा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले, तत्कालको अवस्थामा बिश्व नै ठूलो संकटमा परेको बेला भन्सारमा सहज बनाएर नेपाली नागरिकलाई जोखिममा पार्न नहुने बताए। अति आवश्यक खाना पकाउने ग्यास र स्वास्थ्य सामग्रीबाहेक अहिले नेपालमा कुनै अन्य वस्तु भारतबाट आयात गर्नुपर्ने अवस्था नभएकाले पनि त्यस्ता सवारीसाधनमा पूर्ण रोक लगाउनुपर्ने अर्का प्रदेश सांसद मैनालीले बताए।

नेपाल भित्रका कृषि सामाग्री बेचबिखन गर्न नदिने तर भारतबाट तरकारी लगायत खाद्यान्नका गाडी निरन्तर आउन दिएपछि नेपालका कृषकको चर्को विरोध भएको थियो। विरोध पश्चात भन्सारमा स्थानीय व्यापारी र नेताबीचको छलफलपछि भन्सारले उक्त प्रस्ताव विभागमा पेस गरेको भन्सार प्रमुख विश्वकर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.