क्‍वारेन्टाइनमा राखिएका २२ जनालाई परीक्षणबिनै घर पठाइयो

क्‍वारेन्टाइनमा  राखिएका २२ जनालाई परीक्षणबिनै घर पठाइयो

जाजरकोट : भारतबाट आएर क्वारेन्टाइनमा राखिएका जाजरकोट जुनीचाँदेका २२ जनालाई परीक्षबिनै घर पठाइएको छ । भारतबाट गत चैत्र ९ र १० गते आएका जुनीचाँदेको २, ३ र ९ नम्बर वडाका बासिन्दालाई स्वाब परीक्षणबिनै शनिबार घर पठाइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले सामान्य ज्वरो नापेर लक्षण केही नभएको भन्दै घर पठाएका हुन् । प्रहरीका अनुसार लकडाउनकै अवधीमा भारतबाट ६४, कतारबाट दुईजना र मलेसियाबाट एकजना आएका छन् । तीमध्ये वडा नम्बर ११ स्थित एक विद्यालयमा रहेको अस्थायी क्वारेन्टाइनमा एकजना कतार र चारजना भारतबाट आएका मात्रलाई राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । स्वास्थ्यकर्मीले चेकजाँच गर्दा अवस्था सामान्य देखिपछि विद्यालयकै क्वारेन्टाइनमा राखिएका २२ जना घर पठाइएको डीएसपी श्रेष्ठले बताए । 

अन्य सबैलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।तर उनीहरु क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने संयन्त्र नहुँदा होम क्वारेन्टाइन प्रभावकारी नहुने हो कि भन्ने चिन्ता देखिएको जुनीचाँदे गाँउपालिका ५ का प्रकाश शाहीले बताए । 

'भारत(कालापार)बाट धमाधम मानिस परीक्षणबिनै गाउँ भित्रिएका छन् । गाउँमा स्वाब(नमूना) संकलन गर्ने व्यवस्था पनि छैन । ज्वरो आएको छैन भने सामान्य अवस्था छ भन्दै घर पठाउने गरिएको छ,' उनले भने, 'संक्रमण भए नभएको प्रयोगशालामा परीक्षण नगर्दा जोखिम बढ्ने देखिन्छ ।तसर्थ सरकारले सबैलाई द्रूत मार्गबाट परीक्षणको व्यवस्था मिलाउनु पर्छ ।'

भारत र अन्य मुलुकबाट लकडाउनकै अवधीमा दुई सय ३० जना भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । ती सबैलाई स्थानीय सरकार र प्रहरीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नमान्दा जोखिम बढ्ने देखिएको छ । 

कारोना संक्रमण भएन भएको एकिन गर्न स्वाब संकलन गरी पठाउने व्यवस्था जिल्लामै नहुँदा थप जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.