कैलालीका संक्रमित युवासँगै आएका ७ जनालाई अस्पताल ल्याइयो

कैलालीका संक्रमित युवासँगै आएका ७ जनालाई अस्पताल ल्याइयो

दाङ : कैलालीका कोरोना संक्रमित युवासँगै भारतबाट आउने दाङका १० जना युवा मध्ये ७ जनालाई अस्पताल पुर्‍याइएको छ। लकडाउनको समयमा गौरीफन्टा नाका हुँदै नेपाल आउने युवाहरु १० जनानै सम्पर्कमा आएको भए पनि सोमबार विहानसम्म ७ जना अस्पतालमै पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।  

दाङका १० जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासँगै भित्रिएको भन्ने सार्वजनिक भएपछि सम्बन्धित पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन्। उनीहरुमध्ये ७ जनालाई दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका-४ का ५ जना, लमही नगरपालिका-५ का २ जना र राजपुर गाउँपालिका-६ का २ जना, र बबईगाउँपालिका १ जना रहेका छन्। बाँकी ३ जना पनि सम्पर्कमा आइसकेको र अस्पताल आउने क्रममा रहेको प्रजिअ रिजालले जानकारी दिए।

उनीहरुका परिवार र सम्पर्कमा आएकाको पनि खोजी गरी निगरानी बढाइएको प्रहरीले बताएको छ। ७ जनालाई कोरोना विशेष अस्पतालका आइसोलेशन वार्डमा राखिएको छ ।अन्य ३ जनालाई आज ल्याउने तयारी भएको तर घरमा नभेटिएकाले केहि समस्या भएको प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.