व्यापारीलाई उधारोमा तरकारी

व्यापारीलाई उधारोमा तरकारी

फिदिम  : व्यापारीहरूले बिपत्तिमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर चर्को मूल्य लिने गर्छन्। तर, किसानले बिपत्तिमा कृषि उपजलाई सहज रूपमा उपलब्ध गराएर उदाहरणीय काम गरेका छन्। लकडाउका बेला फिदिम नगरपालिका–२ तालखर्कका किसानले गरेको काम देशभरका लागि नमुना बन्न सक्छ।

देश ठप्प भएको बेला यहाँका किसानले फिदिम बजारका मानिसलाई निःशुल्क तरकारी मात्र उपलब्ध गराएनन्, व्यापारीलाई समेत उधारोमा तरकारी दिइरहेका छन्। जसकारण देश ठप्प भएका बेला पनि फिदिम बजारका उपभोक्ताहरूले तकारीको समस्या झेल्नु परेको छैन। तालखर्कमा उत्पादन भएको तकारीले फिदिम बजारको ६० प्रतिशत माग पूरा गर्दै आएको छ।

लकडाउन सुरु भएपछि यहाँका किसानले व्यापारीलाई उधारोमा तकारी दिन थालेका हुन्। किसानले मूल्य नै नतोकी उधारोमा तरकारी उपलब्ध गराएका हुन्। ‘सहरमा बस्नेलाई सहज रूपमा तरकारी उपलब्ध गराउनु भनेर व्यापारीलाई उधारोमा तरकारी दिइएरहेका छौं,’ तालखर्कका किसान धनबहादुर आङ्देम्बेले भने, ‘अहिले हामीले मूल्य पनि तोकेका छैनौं, सबैतिर बन्द भएको अवस्थामा सबैले सहज रूपमा तरकारी उपभोग गर्न पाउन भनेर उधारोमा दिएका हौं।’तालखर्क फिदिम बजारदेखि नजिकै छ। यहाँबाट बजारसम्म तकारी पुर्‍याउन समस्या हुँदैन। लकडाउनका बेला अन्यन्त्रबाट बजारमा तरकारी ल्याउन समस्या भए पनि यहाँबाट सहजै बजारसम्म तरकारी पुर्‍याउन सकिन्छ। ‘अन्यत्रबाट बजारमा तरकारी नआउने भएपछि हामी चर्को मूल्य गरेर राम्रो आम्दानी गर्न सक्थ्यौं,’ आङ्देम्बेले थपे, ‘तर, हामीले बिपत्तिलाई अवसरको रूपमा लिएनौं। यहाँका तरकारी उत्पादक किसानहरू सल्लाह गरेर व्यापारीलाई उधारोमा तरकारी दिइरहेका छौं।’

लकडाउन सुरु भएपछि किसानले तकारीको मूल्य नै नतोकी व्यापारिलाई दिएका हुन्। किसानले नै ढुवानी भाडासमेत तिर्ने गरेका छन्। लकडाउन सकिएपछि व्यापारिसँग बसेर तरकारीको मूल्य तोक्ने सहमति भएको अर्का किसान कृष्णकुमार भण्डारीले बताए। ‘मौका यही हो भनेर चर्को मूल्य गर्ने पक्षमा छैनौं,’ भण्डारीले भने ‘यो बेला हामी मूल्य कम गर्न तयार छौं तर व्यापारीले पनि उपभोक्ताबाट धेरै नाफा खानु भएन।’

उधारोमा दिएको तरकारी व्यापारीले बजारमा कसरी बिक्रि गरे भन्ने विषयलाई आधार मानेर व्यापारीसँग मूल्य गर्ने किसानको योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.