वडाध्यक्ष क्‍वारेन्टाइनमा

वडाध्यक्ष क्‍वारेन्टाइनमा

जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकाका एक वडा अध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन्। छिमेकी मुलुक भारतको बिहार राज्य अन्तर्गत मधुवन्नीबाट घर फर्किएका जनकनन्दनी गाउँपालिका-२ का वडा अध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा भर्ना भएका हुन्।

गत हप्ताको शुक्रबार भारत बिहार राज्य अन्तर्गत मधुवन्नी पढ्दै गरेको छोराछोरी भेटन पुगेका उनी शनिवार फर्किएका थिए। भारतबाट फर्किएका वडा अध्यक्ष गाउँ पसेको स्थानीयले जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेखको समन्वयनमा क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय खजूरीका प्रहरी निरिक्षक देवेन्द्र रोकायाले जानकारी दिए। 
गाउँपालिका अध्यक्ष शेखको समन्वयन पछि सोमबार बिहानबाट वडा अध्यक्ष पाठक क्वारेन्टाइनमा बसेका हुन्।

जनकनन्दनी गाउँपालिकाले २० बेडको क्वारेन्टाइन खजूरीस्थित उच्च माध्यमिक बिद्यालयमा स्थापना गरेको छ। जस मध्ये ६ जना खाडी मुलुक कत्तारबाट नेपाल फर्कि क्वारेन्टाइनमा भर्ना भएका छन् भने वडा अध्यक्ष भारतबाट फर्किपछि भर्ना भएका हुन्।

यता गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेखले पिपद् व्यवस्थापन समितिको सदस्यमा रहेका वडा अध्यक्ष पाठक क्वारेन्टाइनमा भर्नापछि काम गर्न असहज भएको बताए। उनले भने, 'यस्तो विपद्को बेलामा समेत राजनीतिक दलका प्रतिनिधिहरु खिचातानी गर्छन् पिद्को घडीमा समेत आफ्नो र पराया छुट्टयाउँछन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.