महामारीबाट जोगिन लोमान्थाङ गेटमा राखियो धार्मिक पुस्तक

महामारीबाट जोगिन लोमान्थाङ गेटमा राखियो धार्मिक पुस्तक

जोमसोम : विश्वमै महामारीको रुपमा लिएको कोरोना भाइरसबाट गाउँबासीलाई सुरक्षित राख्न उपल्लो मुस्ताङको लोमान्थाङबासीले धार्मिक विधि अपनाएका छन् । हाल विश्वमै मानवीय संकटको रुपमा उत्पन्न कोरोना महामारीबाट जोगिन मंगलबार लोमान्थाङका स्थानीयले लोमान्थाङ पर्खाल गेटमाथि सुन र चादीले लेखिएको धार्मिक पुस्तक त्रि पुटाक ( कन्घ्युर ) चढाएको स्थानीय युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए ।

जस्तोसुकै परिस्थिति र विभिन्न मानव संकट तथा महामारी विपतका घटनाबाट जोगिन राखिएको उक्त पुस्तक हजारौं वर्ष पुरानो मानिएको छ । स्थानीयले सुन र चाँदीले लेखिएका पुस्तक गेटमाथि राखेको स्थानीय युवा गुरुङले अन्नपूर्णलाई बताए ।

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उपल्लो मुस्ताङबासीहरु धार्मिक र सांस्कृतिक मान्यतालाई बढी विश्वास गर्ने बताए । उनका अनुसार ऐतिहासिक पर्खाल घेरिएको माटोको सहर लोमान्थाङ दरबारको मुख्य पुस्तकालयमा राखिएको सदियौं वर्ष पुरानो धार्मिक पुस्तक विशेष अवस्थामा मात्र प्रयोग गर्ने गरिन्छ ।

पुस्तक राखिएको पर्खालको गेटमाथि आउजाउ गर्ने गर्दा विभिन्न रोग व्याधी र संकटबाट उन्मूक्ति पाइने धार्मिक किवंदन्ती रहेको सांसद बिष्टको भनाइ छ । लोमान्थाङका स्थानीयले माहामारीबाट जोगिन धार्मिक मान्यता अनुसरण गरेपनि कोरोना रोकथाम तथा जियन्त्रण अनि यसको व्यवस्थापन उक्तिकै चनाखो भएको पाइएको छ । लोमान्थाङ-५ का वडाअध्यक्ष नवाङकुङ्गा लामाले घरघरमा मास्क वितरण गरेका छन् । 

उनले आफ्नै घरलाई समेत क्वारेन्टाइन बनाएको बताएका छन् । वडाले अतिआवश्यकीय काम बाहेक घर बाहिर ननिस्कन समेत दिनहुँ कुटुवालमार्फत सूसुचित गराउने गरेका छन् । वडाले छोसेर ,छोनुप लोमान्थाङमा कोरोना हेल्थ डस्क स्थापना समेत गरेको छ । वडाअध्यक्षले पालिकालाई चाहिने मेडिकल औषधि समेत गाउँमा पुर्‍याएका छन् ।

यता, पोखरामा रहेका सांसद ईन्द्रधारा बिष्टले सरकारको लक डाउनले बिचल्लीमा परेका उपल्लो मुस्ताङबासीको व्यवस्थापनमा खटिएको जनाएका छन् । 

उनका अनुसार लक डाउनले पोखरामा २ सय ७६ जना मुस्ताङी अलपत्र परेको र उनीहरु सबै होम क्वारेन्टाइनमा रहेको बताए । 'लक डाउनले सबै पोखरामा अड्किएका छन् ,घर जान पाएका छैनन् , 'सांसद बिष्टले भने, 'उनीहरुको नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिएका छौं । परीस्थिति अनुकुल हुनसाथ घर पठाउने काम गछौं।' उनले होम क्वारेन्टाइनमा रहेका मुस्ताङीलाई घर पठाउने विषयमा पहल भइरहेको जानकारी दिए ।

उपल्लो मुस्ताङमा खेतीपाती बाँझै

हिउँदयाममा बेशी झरेका मुस्ताङी घर फर्किन नपाएपछि उपल्लो मुस्ताङको खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । जिल्लाका ५० प्रतिशत स्थानीय लक डाउनले पोखरामा रोकिएपछि उपल्लो मुस्ताङको खेतीपाती लगाउने काम ठप्प छ । बर्खायाममा खेतीपाती गर्ने र हिउँदयाममा व्यापार गर्न बेशी झर्ने उपल्लो मुस्ताङको पुख्यौली परम्परा हो । 

जिल्लामा गाउँले नफर्किपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा उवा ,गहुँ ,तोरी ,जौं र मकैलगायत खेतीपाती लगाउने काम रोकिएको हो । उपल्लो मुस्ताङमा वर्षमा एक पटक मात्र अन्नवाली लगाउने चलन छ । यस्तै, हिउँदयामको जाडो छल्न घुम्ती कक्षाका लागि पोखरा झरेका विद्यार्थी समेत अहिले पोखरामा अलपत्र छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.