मदिरा भट्टीमा छापा, ७९० लिटर नष्ट
नुवाकोट : लकडाउनको समयमा नुवाकोटका विभिन्न स्थानमा सञ्चालन गरिएका भट्टी पसलमा प्रहरीले छापा मारेको छ । प्रहरीले तीन साताको अवधिमा विभिन्न स्थानमा छापा मारी जफत गरिएको ७९० लिटर अवैध घरेलु मदिरा मंगलबार नष्ट गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अबैध घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा सो परिमाणको मदिरा जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्या हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको नुवाकोट प्रहरी प्रमुख काफ्लेले जानकारी बताए।