१५ महिने बालकसहित दोलखामा २५ जना क्वारेन्टाइनमा

१५ महिने बालकसहित दोलखामा २५ जना क्वारेन्टाइनमा

चरिकोट : लकडाउन लागू भएको १५ दिनपछि पहिलोपटक दोलखामा १५ महिने बच्चासहित २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट दोलखा भित्रिएका तीनसहित २५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जसमा १५ महिने बच्चादेखि ७२ वर्षीय जेष्ठ नागरिकसम्म रहेका छन् । कालिञ्चोक गाउँपालिकामा २३ जना र मेलुङ गाउँपालिकामा दुई जनालाई क्वारेन्टाइनमा राखिएको सम्वद्ध स्थानीय तहले जनाएका छन् ।

सोमबार काठमाडौंबाट घर फर्किएका कालिञ्चोक गाउँपालिकाका २३ जनालाई कालिञ्चोक गाउँपालिका-३ सिंगटीस्थित प्रतापस्मृति क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।

मंगलबार चार बालबालिकासहित २३ जनालाई सिंगटीस्थित प्रताप स्मृति कलेजमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा खाने सुविधासहित राखिएको गाउँपालिका अध्यक्ष थामीले बताए । क्वारेन्टाइनमा राखिएका २३ जनामा कालिञ्चोक गाउँपालिका ४, लामिडाँडाका पाँच जना, वडा नम्बर ५ लापिलाङका छ जना, वडा नम्बर ६ लापिलाङका सात जना, वडा नम्बर ९ सुन्द्रावतीका तीन जना तथा दोलखा तामाकोशी गाउँपालिकाका एक जना र नुवाकोट जिल्लाका एक जना रहेको अध्यक्ष थामीले जानकारी दिए ।

त्यसैगरी दोलखाको मेलुङ गाउँपालिका-७ मा भारतबाट आएका दुईजनालाई स्थानीय सेतदेवी प्राविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष नवराज खड्काले जानकारी दिए । गाउँपालिकाले विदेशबाट आएकाहरुको घरमा रातो झण्डा गाडे पनि उनीहरु १४ दिन नपुग्दै खुलेआम बाहिर हिंडडुल गर्न लागेपछि सुरक्षित आवासमा राखिएको वडाध्यक्ष खड्काको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.