रामेछापमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

रामेछापमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं : उच्च ज्वरो आएर उपचारका क्रममा मृत्यु भएका मन्थली नगरपालिका-१ गेलुका ६७ वर्षीय तुलाबहादर थापामगरको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार बेलुका ५ बजे मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा  भर्ना भएका थापामगरको गएराति ११ : ४५ बजे मृत्यु भएको थियो। 

कोरोना भाइरसको मिल्दो जुल्दो लक्षण देखिएपछि मृतक व्यक्तिको स्वाब परीक्षणको लागि बुधबार बिहान धुलिखेल अस्पताल पठाइएको थियो। परीक्षणपश्चात धुलिखेल अस्पताल र सरुवा रोग अस्पताल टेकुबाट प्राप्त जानकारी अनुसार उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको तामाकोसी सहकारी अस्पताल मेडिकल अफिसर डा. केशब धामीले जानकारी दिए।

धामीका अनुसार अस्पताल भर्ना भएपछि चेकजाँचको क्रममा उच्च ज्वरो र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि थापामगरलाई आइसोलेसनमा राखेर उपचार गराइएको थियो।  'ल्याबमा टेस्ट गर्दा उनलाई निमोनिया र कोरोनासँग मिल्दो लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरियो।' धामीले भने,' बिरामीको मृत्यु भएपछि ल्याब परीक्षणको रिपोर्ट र लक्षण जनस्वास्थ्यमा जानकारी गरायौं र उहाँहरु आएपछि स्वाब संकलन गरेर परीक्षणको लागि बुधबार बिहान धुलिखेल अस्पताल पठाइएको थियो।'

दमको रोगी भएको भनिएपनि पछिल्लो समय उनले कुनै औषधि सेवन नगरेको परिवारले अस्पताललाई जानकारी दिएका थिए। वृद्धलाई तीन दिनदेखि उच्च ज्वरो आएपछि अस्पतालमा लगिएको हो। 

धामीका अनुसार उनको रिपोर्ट नआउँदासम्म उपचारमा संलग्न करिब १५ जना चिकित्सकको टोली क्वारेन्टाइनमा राखिएको थियो। तर रिपोर्ट नेगेटिभ आएपश्चात उनीहरुलाई छाडिएको अस्पताल स्रोतले जनाएको छ।

परिवारले थापामगरको आजै दाहसंस्कार गरिसकेका छन्। अस्पतालमा बिरामी मृत्यु भएको जानकारी भएसँगै सदरमुकाम मन्थलीमा दिनभर त्रास उत्पन्न भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.