कोरोना कहर : रोग र भोगको चिन्तामा चिया मजदुर

कोरोना कहर : रोग र भोगको चिन्तामा चिया मजदुर

इलाम : सूर्योदय नगरपालिकाले चिया कृषक, चिया उद्यागी र चिया श्रमिकका लागि १८ बुँदे निर्देशन जारी गरेसँगै कारखाना सञ्चालन गर्न दबाबमा परेका चिया उद्योगीले कारखाना सुरु गरेपनि श्रमिक भने त्रास बोकेर कारखाना जान बाध्य छन् । 

मजदुरलाई काम नगरौं भने ज्याला नपाइने, काम गर्दा रोग बोकेर घर फर्कनु पर्ने हो की भन्ने त्रासले साताएको छ । तीन दिनअघि खुलेको चिया विकास निगमअन्तरगतको कन्याम चिया बगानका मजदुर रमेश खड्काले भने, 'जोखिम मोलेर बगान आउँदै छौं ।'

धेरैको घरमा खाद्यान्न सकिन लागेपछि बगानमा जानैपर्ने अवस्था आएको उनले बताए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचायले लकडाउनको समयमा काम गर्ने नाममा जमघट गराउनु घातक हुने बताएका छन्। उनले सबै श्रमिकका लागि पर्याप्त राहतको व्यवस्था गर्नुपर्ने पनि बताए । 

सरकारले संगठीत क्षेत्रका श्रमिकलाई कारखानाले सुविधा दिनुपर्ने भनेपछि उनीहरु स्थानीय सरकारको राहत पाउने मापदण्डबाट पनि पाखा परेका छन् । कन्यामकै मजदुर नर्वदा निरौलाले कारखाना खुलेपनि जोखिमको जिम्मेवारी कसैले नलिएकाले त्रास अझै बढेको बताए । कारखानाले मजदुरका लागि हातधुने पानी, साबुन, माक्स उपलब्ध गराएको छ भने सामाजिक दूरी पनि स्थानीय तहले तोकेको ३ मिटर कायम गरेर काम लगाएको जानाएको छ । 

कन्याम, चिलिमकोट, सोक्तिम र इलाम नगरपालिकाका चिया बगानका २७० भन्दा बढी चिया मजदुर छन् । मजदुर खड्काका अनुसार कन्याम चिया बगान मात्रै सञ्चालनमा छ । सञ्चालनमा भएका कारखानालाई रोगको त्रास छ भने सञ्चालन नभएका कारखानाका मजदुरमा भोकमरी सुरु हुन लागेको इलाम चिया वगानकी मजदुर सरस्वती चम्लागाईले बताइन् । 

उनले भनिन्, 'स्थानीय सरकारले संगठीत क्षेत्रका मजदुर भनेर राहत दिन मानेन, काम गर्ने कारखानाले लकडाउनसम्मको पाकेको तलब समेत दिएको छैन।' इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहाले संघीय सरकारको कार्यविधि अनुसार नै चिया बगानका श्रमिकलाई रातह दिन नमिल्ने बताए । उनले भने, 'राजगार दाताले नै आफ्ना कामदारलाई सेवा दिने व्यवस्था छ ।'

मजदुर चौलागाईले भनिन्,' चिया श्रमीक स्थानीय सरकार र बगान व्यवस्थापनको वेवास्थाको सिकार भएका छौं।'सरकारले संघाई समूहलाई ७० प्रतिशत भन्दा बढी शेयरमा बिक्री गरेका चार कारखानाका श्रमिक मात्र होइन अन्य कारखानामा काम गर्ने श्रमिकको अवस्था समेत संकटमा परेको नेपाल ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष हरिप्रसाद फुयालले बताए । 

लकडाउन र जोखिमको समयमा कारखाना खोलेर कारखाना र स्थानीय सरकारले गैर जिम्मेवारपन देखाएको उनले बताए । उनले भने, 'चुनावमा मत दिन मिल्ने तर संकटमा राहत दिन नमिल्ने भन्ने स्थानीय सरकारको तर्कनै विभेदपूर्ण छ ।'

श्रमिकलाई घरमै बसेर राहत उपयोग गर्ने प्रबन्ध गर्न उनले स्थानीय सरकारसँग माग गरेका छन् । झापामा चिया कारखाना बन्द भएपनि इलामको सूर्योदयमा भने सबै कारखाना सोमबारदेखि खुलेको सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनका सचिब गोपाल कट्टेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.