दाङका २८ जनाको कोरोना रिपोर्ट निगेटिभ
दाङ : दाङमा कोरोनाको आशंकामा हालसम्म २८ जनाको स्वाब परीक्षण गरिएको छ। कोरोनाका आंशकामा आइसोलेसनमा बसेका २८ जनाको स्वाब परीक्षण गरिएको हो। कोरोनाको आशंकामा स्वाब परीप्क्षण गरिएका २२ जनाकै स्वाब परीक्षणको रिर्पोट निगेटिभ देखिएको छ।
रिर्पोट निगेटीभ भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ। स्थानीय पालिकाका क्यारेन्टाइन तथा होम कयारेनटाइनमा बस्ने गरेर उनीहरुको डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका मेसु डा सर्वेश शर्माले बताए।
पहिले २० जनाको रिपोर्ट निगेटिभ आएकोमा शिविरबाट थप आठ जनाको रिपोर्ट निगेटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।
दाङमा कोरोनाको आशंकमा अहिले १२ जनालाई बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राखिएको छ। उनीहरुको स्वाब पनि परीक्षणका लागि काठमाडौं पठाइसकिएको छ।