संक्रमित खोज्न दस्ता समिति

संक्रमित खोज्न दस्ता समिति

मुगु : कोरोना संक्रमण रोकथाम, प्रभावित व्यक्ति र परिवारको उपचार तथा राहत वितरणलाई प्रभावकारी बनाउन जिल्लाका चारवटै स्थानीय तहका सबै वडामा निगरानी तथा खोजीदस्ता समिति गठन गर्न थालिएको छ। जिल्लाका स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसन बेडको तयारी पूरा गर्दा पनि छिमेकी देश भारत र तेसो्र मुलकबाट गाउँ फर्किएकाहरू क्वारेन्टाइनमा बस्न नआएपछि खोजीदस्ता समिति गठन गरिएको हो।

अन्य जिल्लाबाट गाउँ भित्रिएका तर क्वारेन्टाइनमा बस्न नमानेका व्यक्तिहरूको निगरानी तथा खोजी गरी क्वारेन्टाइन बसाल्न समितिले सहयोग गर्नेछ। समितिलाई क्वारेन्टाइनमा बस्न नमान्नेलाई प्रहरीको सहयोग लिएर सचेतनाका कार्यक्रमसँगै तथ्यांक संकलन तथा अध्यावधिक गर्ने काम जिम्मा दिइने प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए।

लकडाउनको तेस्रो साता पुग्दा पनि जिल्लामा के कति संख्यामा भारत तथा अन्य मुलकबाट नागरिक भित्रिए भन्ने एकिन तथ्यांक छैन। अब खोजीदस्ता समितिमार्फत त्यस्ता व्यक्तिहरूको खोजी तथा निगरानी गरी अनिवार्य क्वारेन्टाइनमा ल्याउने व्यवस्था मिलाउन प्रशासन र सुरक्षा निकायले योजना बनाएका छन्। यसरी जिल्लामा ४५ वटै वडामा पाँच सदस्यीय खोजीदस्ता समिति गठन गरिने भएको हो।

खोजीदस्ता गठन भएकै बेला कतारबाट आफनो घर आएका सोरु गाँउपालिकाका दुई जना र भारतबाट आएका एक जनाले आफैं जिल्ला अस्पताल पुगेर स्वाब परीक्षणका लागि नमुना दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.