कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिका पहिलो

कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिका पहिलो

अमेरिका : कोरोना भाइरसको नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमित संगै मृतकको संख्या पनि दिनहुँ बढ्दो छ । जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ हजार पुगेको छ भने मृतकको संख्या १८ हजार ६ सय नाधेको छ। 

अमेरिकामा शुक्रबार मात्रै करिब ३४ हजार नयाँ संक्रमित थपिए भने २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभरको रेकर्डलाई हेर्दा अमेरिकामा कोरोना भाइरसका कारण दैनिक जटिल बन्दै गइरहेको छ। कोरोना भाइरसका कारण एकैदिन २ हजार भन्दा धेरैको मृत्यु हुने मुलुको रेकर्ड पनि अमेरिकाको नाममा दर्ज भएको छ । जोन हप्किन्स यूर्निभसिटीको आँकडा अनुसार २१२४ जनाले ज्यान गुमाएका छन्।

अमेरिकी सरकारले अत्यावश्यक बाहेकका पसल तथा कार्यलयहरु बन्द गर्नुभन्ने आदेश दिएको भएपनि मानिसहरु खुलमखुल्ला हिडँडुल गरिरहेका कारणले पनि यहाँ संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दै गएको हो। 

यो समाचार तयार पार्दासम्म अमेरिकाको धेरै जनसंख्या भएको राज्य न्यूयोर्कमा संक्रमितको संख्या १ लाख ७४ हजार नाधेको छ भने मृतकको संख्या ७ हजार ८ सय ८४ पुगेको । यस्तै न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सीमा संक्रमितको संख्या आधा लाख नाघिसकेको छ भने मृतकको संख्या २ हजार पुग्न लागेको छ।

अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दै गएको देखिन्छ । यसरी संक्रमित र मृतकको संख्या बढदै गएको भएपनि सरकारले रोकथामका लागि देश पूरै लकडाउन गर्ने लगायतका निर्णय लिने पक्षमा देखिँदैन्। 

अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हालसम्म संक्रमण पुष्टि भएरै तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाको रिर्पोट आउन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.