आगलागीबाट ३५ बाख्रा गोठमै जले

आगलागीबाट ३५ बाख्रा गोठमै जले

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका-३ स्थित खाद्रुमा घरमा आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट भएका छन्। स्थानीय लोकेन्द्र कठायतको घरमा आगलागी हुँदा गोठमा हुलेका ३५ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पचालझरनाका इन्चार्ज पुष्प कडायतले जानकारी दिए। उनका अनुसार आगलागीबाट ४ लाख बराबरको क्षेती भएको छ।

बिहीबार राति जंगलबाट आएको आगो घरमा सल्किएर गोठमा हुलेका ३५ बाख्रा जलेर नष्ट भएको पीडित कठायतले बताए। उनले भने 'खाद्रुको लेक जंगल नजिकै रहेको घरमा रातिको समयमा आगलागी भयो। गोठमा हुलेका सबै बाख्राहरु जलेर नष्ट भए। मान्छे घरमा नबसेकाले मानविय क्षती भएन्। घरमा रहेका अन्य अन्न, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्ट भएका छन्।' पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले आगलागीबाट पीडित लोकेन्द्र कठायतलाई गाउँपालिकाले राहत दिने बताएका छन्। उनले गाउँपालिकाको बैठकमा छलफल गरे बाख्रापालक किसान कठायतलाई उचित राहत दिन्छौं। अन्य निकायहरुले पनि राहत दिन हुन अनुरोध गरेको छु। उनले छाडा रुपमा वनमा आगलागी हुँदा वनजंगल विनाश पनि भएकाले यसलाई रोक्न कडाई गर्ने बताए। वनमा आगो लगाउने व्यक्ति पहिचान भए कारवाही गर्ने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.