गुल्मीका पाँच जनाको रिपोर्ट नेगेटिभ
गुल्मी : कोरोना भाइरस कोभिड-१९ को आंशकामा स्वाब परिक्षणका लागि पठाइएको गुल्मीका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ। चैत २४ गते मुसिकोट नगरपालिकाका दुई जना, रेसुङा नगरपालिकाका एक र सत्यवती गाउँपालिकाका दुई जना युवाको कोरोना परिक्षणको लागि स्वाब भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए।
आशंकित व्यक्तिहरु चैत ६ गते कोरोना संक्रमित यूवतीसंगै विदेशबाट आएका थिए। यस्तै, गुल्मीका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट गरिने भएको छ।