सभासद्ले आफ्नो निर्वाचन क्षेत्रमा बाडे ३४ लाखको स्वास्थ्य सामाग्री

सभासद्ले आफ्नो निर्वाचन क्षेत्रमा बाडे ३४ लाखको स्वास्थ्य सामाग्री

परासी : प्रदेश ५ का सभासद् बैजनाथ जयसवाल (कलवार) ले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जयसवालले ३४ लाख बराबरको सामाग्री सर्वसाधारणलाई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । 

१८ वडा रहेको रामग्राम नगरपालिकाका १३ वटा वडा र पाल्हीनन्दन गाउँपालिकाका सबै (६) वडाहरु उनको निर्वाचन क्षेत्रमा पर्दछन् । सभासद जयसवालले त्यहाँ रहेका कुल १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १ सय ५० एमएलको सेनिटाइजर र एक बट्टा साबुन वितरण गरेका हुन् । 
वितरण गरिएको सुरक्षित सामाग्रीको मूल्य एक घरधुरीलाई जनही २ सयका दरले रहेको छ । ‘विपन्नका लागि स्थानीय सरकारले राहत उपलब्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्वार प्रणालीमार्फत राहत दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामाग्री अभाव देखेकाले उक्त सामाग्री उपलब्ध गराएको हुँ,' सभासद जयसवालले भने ।  

सभासदबाट प्राप्त सुरक्षित सामाग्री वडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत जनताको घर-घरमा पुर्‍याइने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्रीकुमारी कोहारले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.