१४ दिन क्‍वारेन्टाइनमा बसेर घर फर्किए ७५ जना

१४ दिन क्‍वारेन्टाइनमा बसेर घर फर्किए ७५ जना

डोल्पा : डोल्पामा क्‍वारेन्टाइनमा बसेका ७५ जना घर फर्केका छन्। कोरोना भाइरस (कोभिट–१९) नेपालगञ्जबाट जिल्ला आएका ७५ जना १४ दिनपछि घर फर्किएका हुन्। सरकारले गरेको लकडाउन पछि नेपालगञ्ज हुँदै डोल्पा पुगेका कुल १३४ जना मध्य शनिबार ७५ जना १४ दिनपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार सरस्वती माध्यामिक विद्यालयका ३२ जना, आर्दश माध्यामिक विद्यालयका १७ जना, गौरी आधारभुत विद्यालयका १० जना, विद्यामन्दीर माध्यामिक विद्यालयका १६ जना गरि ७५ जना घर फकिएको बताए। उनीहरुमा कोरोनाको कुनै पनि लक्ष्यणहरु नदेखिएकोले नियमानुसार चेकजाँचपछि १५ औँ दिनमा घर पठाइएको ठुलीभेरी नगरपालिका स्वास्थ्य संयोजक ताराकुमारी महताराले जानकारी दिइन।

बाँकी जिल्लाका बिभिन्न स्थानीयतहमा क्‍वारेन्टाइनमा रहेकालाई पनि चेकजाँच पश्चात १५ दिनमा घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। जिल्लामा अहिलेसम्म १० बेडको आइसोलेसन कक्ष र एक सय बढिलाई क्‍वारेन्टाइनमा राखिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.