दार्चुलामा ५१० जनाको स्वाब संकलन
दार्चुला : विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनका लागि शनिबार जिल्लाका विभिन्न ६ स्थानमा हेलिकप्टरबाट स्वास्थ्यकर्मीको टोली दार्चुला पुगेको छ।
संघीय सरकारको कार्यक्रम अनुसार मार्माको लटिनाथ, नौगाड, गोकुलेश्वर, दुहूँ र खलंगामा स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। उनका अनुसार जिल्लाभरीमा ५ सय १० जनाको स्वाब संकलन गरिएको छ।
मार्मा गाउँपालिकाको लटिनाथ गाउँपालिका र अपिहिमाल गाउँपालिकाका गरि १ सय ४० जना, नौगाड गाउँपालिकामा ४५ जना, दुहूँ गाउँपालिकामा दुहूँ र व्याँस गाउँपालिका ८१ जनाको स्वाब संकलन गरिने छ।
गोकुलेश्वरमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको गरि १ सय ५ जना र महाकाली नगरपालिकाको खलंगामा १ सय ४० जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको जनस्वास्थ्य अधिकृत भट्टको भनाई छ।