चिया उद्योग खोल्न अस्वीकार

चिया उद्योग खोल्न अस्वीकार

इलाम : लकडाउनका कारण बन्द भएका सूर्योदय नगरपालिकाका चिया उद्योग नखुल्ने भएका छन्। कारखाना सञ्चालनमा नयूनतम सुरक्षाका व्यवस्था गर्न कठिन भएको भन्दै उद्यमीहरूले कारखाना सञ्चालन गर्न अस्वीकार गरेका हुन्।

सूर्योदय नगरपालिकाको कार्यपालिका बैठकले चिया वगान र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुने गरी कामदार अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिन आग्रह गरेपछि सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको बिहीबारको बैठकले उद्योग सञ्चालन नगर्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष पुनम राईले जारी गरेको विज्ञप्तिमा नगरले तोकेको मापदण्ड पालन गरेर उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले हाललाई उद्योग खोल्न नसक्ने उल्लेख गरिएको छ।

इलामका अन्य स्थानीय तहका कारखानासमेत खुलेका छैनन्। सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले यसअघि विभिन्न १४ बुँदे नियम लागू गरेर चिया बगान र कारखाना खुलाउने तयारी गरेको जानकारी दिएका थिए।

हरियो पत्ती टिप्ने कामदारले न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, दिउँसो २ बजेपछि चिया नटिप्ने, ४ बजेसम्ममा उद्योगमा पत्ती पुयाउनेलगायत मापदण्ड बनाएको थियो।

एसोसिएसनका सहसचिव बुद्घ तामाङले सडकमा हिड्न समेत नसक्ने अवस्थामा स्थानीय सरकारले सस्तो लोकप्रियताका लागि निर्णय गरेको बताए। ‘यो अवस्थामा कारखाना चल्दैन’, तामाङले भने, ‘सरकारले श्रमजिवीको जीवन रक्षाका लागि ध्यान दिने बेला हो यो, मेरै चिया हुर्केको छ कसैको जीवनसँग खेलेर वगान र कारखानामा काम लगाउने अवस्थामा छैन।

अर्का चिया उद्यमी महेश अर्यालले कसैले पनि कारखानाले रहरले चिया उद्योग बन्द गरेको बुझ्नु गलत हुने बताए।

इलामका अधिकांश कारखाना बन्द रहेको चिया विज्ञ रामचन्द्र नेपालले जानकारी दिए। इलाम नगरपालिकाकाका कारखाना पनि सञ्चालनमा नरहेको हिमालय साँग्रिला चिया उद्योगका कमल मैनालीलले बताए। स्थानीय सरकारले सहजीकरण गरेमात्रै थोरै मात्रामा चिया प्रशोधन गर्न सकिने उनले बताए।

चिया बजारमा कोरोना असर

पोहोर चैत ३ देखि सुरु भएको सूर्योदय नगरपालिका ११ ओएसिस चिया कारखाना अहिले बन्द छ। चियाको मुना लहलह भए पनि विश्वभरि नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)का कारण इलाम, झापालगायत १४ जिल्लामा फैलिएको चिया कारखाना पूरै बन्द छन्।

तेस्रो मुलुकमा व्यापारीनै प्रशोधित चियाको बजार पर्ख र हेरको अवस्थामा देखिएपछि कारखाना खोल्ने अवस्था नबनेको ओएसिस चिया कारखानाका प्रोपाइटर ज्योति अधिकारीले बताए।

गत वर्ष १ हजार ३ सय किलो चिया फ्रान्स पठाएका उनले यसपटक व्यपारीको सम्पर्कमा पुग्नसमेत समस्या भएको बताउँछन्। उनले भने, ‘व्यपारीहरू इमेलको जवाफ पनि नलेखी बसेका छन्, यस्तो अवस्थामा कसरी चिया खरिद गर्ने।’

गत वर्षकै कतिपय चिया बिक्री नभएको अवस्थामा चिया खरिद गर्ने र कर्मचारी पालेर काम लगाउने अवस्थामासमेत नरहेको अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.